वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा मायाँदेवी गाउँपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन २८ गते मायाँदेवी गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा मायाँदेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमानले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको एकबद्ध हुन आवश्यक भएको बताउनु भयो ।
मुसलमानले गाउँपालिकालाई सौन्दर्य र समृद्ध बनाउन निती बनाएर कार्यहरु सञ्चालन गर्ने शैक्षिक क्षेत्रका समस्याहरूलाई समाधान गर्न विद्यालयहरूमा अनुगमन गरी आवश्यकता अनुसार समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमेश्वरप्रसाद यादवले गाउँपालिका सौन्दर्यीकरण गर्न वातावरण निती तथा कार्यविधि बनाउने र सोही नितीमा रहेर कार्यहरू गर्ने बताउनु भयो ।
कार्यक्रमा वडा नं. १ का वडा अध्यक्ष ईसाहक अहम्मद मुसलमानले वातावरणको क्षेत्रमा कुनै पनि कार्यहरु नहुनु दुखको कुरा भएको बताउनु भयो । खुलादिशा मुक्त घोषणा पश्चात कार्यान्वयन नहुँदा कागजमा मात्र सिमित भएको बताउँदै उहाँले सोंचे अनुसार उल्लेखनिय कार्य नभएको बताउनु भयो ।
यस्तै वडा नं. ५ का वडा अध्यक्ष तथा सामाजिक बिकस संयोजक राघवेन्द्र प्रसाद पाण्डेयले भौतिक बिकास पुर्वाधार तर्फ सबैको ध्यान गएको तर वातावरणको अधिकारमा कसैको ध्यान जान नसकेको बताउनु भयो ।
कार्यक्रममा बाल अधिकार समूह प्रदेश अध्यक्ष राजकुमार धोवी , लक्ष्मी युवा क्लवका अध्यक्ष जगदिश यादव लगायतले फोहोर व्यवस्थापनका लागि बजेटलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राख्नु भएको थियो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…