वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्ला वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ ।
सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले जिल्ला अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको हो ।
जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ ।
जिल्लामा सन् २०२२ को जनवरी देखि नोभेम्वर सम्ममा ३९ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाको अभिलेखीकरण गरिएको छ ।
इन्सेक पाँचथरको आयोजनामा समीक्षा कार्यक्रममा बाल अधिकार अन्तरगत बलात्कारका १४ ओटा, यौन दुर्व्यवहारका पाँच ओटा, बलबिबाहका तीन ओटा र आत्महत्या दुरूत्साहनका एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।
महिला अधिकार अन्तरगत बलात्कारका ६ ओटा, बहुबिबाहका चार ओटा, परिवारबाट हत्याको एक ओटा आत्महत्या दुरूत्साहनका दुई ओटा घटनामाथि समीक्षा गरिएको छ ।
नागरिक तथा राजनीतिक अधिकार अन्तरगतका तीन ओटा ओटा गरी ३९ ओटा घटना अभिलेखीकरण गरिएको छ । समीक्षा कार्यक्रममा महिला र बालिकामाथि यौनजन्य हिंसा जिल्लामा बढ्दो पाइएको छ । अभिलेखीकरण गरिएका घटनामा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धा महिला पीडित भएका छन् ।
महिला हिंसाविरूद्धको १६ दिने अभियान अन्र्तगत समापन तथा विश्व मानव अधिकार दिवसको समेत सन्दर्भमा आयोजित समीक्षा कार्यक्रममा इन्सेकले प्रस्तुत गरेको तथ्याङ्कमाथि आधारित भएर जिल्लाको समग्र मानव अधिकार अवस्थको विश्लेषण गरिएको छ ।
फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा मानव अधिकारको अभिलेख राख्ने एक मात्र निकाय इन्सेक रहेको र नगरपालिकाले समेत हेल्प डेस्क निर्माण गरी अन्य आवश्यक तथ्याङ्कको अभिलेख राख्ने योजना बनाउने र यसमा इन्सेक लगायतका सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनु भयो ।
समीक्षामा सार्वजनिक गरिएको तथ्याङ्कमाथि पत्रकार लक्ष्मी गौतम, अन्तरपार्टी महिला सञ्जालकी गङ्गादेवी श्रेष्ठ, फिदिम नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शर्मिला खापुङ लगायतले सुझाव दिनु भयो ।
समीक्षा कार्यक्रमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।
सहमान विश्वकर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…