वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

  ०७९ मङ्सिर २३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सरोकारवालाबिच सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

मानव अधिकारसँग जोडिएका विषयमा इन्सेकले जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वर ८ सम्म अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको हो ।

जिल्लामा ०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गतेसम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ ओटा, बलात्कारका ८७ ओटा, बलात्कार प्रयासका ३१ ओटा, बहुविवाहका २४ ओटा, मानवबेचविखन तथा ओसारपसारका पाँच ओटा, बाल यौन दुव्र्यवहारका २० ओटा र बाल बिज्याईका १० ओटा घटना अभिलेखीकरण गरिएको छ ।

इन्सेक प्रतिनिधिले समीक्षामा प्रस्तुत गर्नु भएको वार्षिक् प्रतिवेदनमा नेपालमा १० वर्षे शसस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरूको नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् भनिएको छ ।

राजनीतिक अस्थिरता कायम रहेकाले नागरिकले विधिको शासन, सुशासन र पूर्ण लोकतन्त्रको समेत महसुस गर्न नपाएको स्थिती औल्याइएको छ ।

शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भएपनि नैतिकता, इमान्दारिता, सुशासन र जवाफदेहीताको अभावले मानव अधिकारको अवस्था नाजुक रहेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा कार्यक्रममा नेपाली काग्रेंस सुनसरीका सचिव वीरेन्द्रकुमार साहले नागरिकको मानव अधिकारको पूर्ण अनुभुतिका लागि राजनीतिक रूपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दलकुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिवद्ध भएर काम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पीडितले न्याय पाएको बताउनु भयो ।

नागरिक समाजका जिल्ला अध्यक्ष पुरूषोत्तम घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्था चित्रण गर्ने र त्यसमा जिल्लाको राम्रो जानुपर्ने बताउनु भयो । उहाँले नागरिक समाजको सकृय अझै जरूरी रहेको सुझाव दिनुभयो ।

मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले शिक्षामा सबैको पहुँच आवश्यक भएको र त्यसमा गुणस्तरीय शिक्षाको खाँचो रहेकाले शिक्षाका सवाललाई वर्ष पुस्तकले महत्वका उठान गर्न आवश्यक रहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डलले मानव अधिकारको संरक्षण, सम्वर्धन राज्यको दायित्व रहेको बताउनु भयो । उहाँले कानुनलाई राम्ररी पालना गरेर र सुशासन कायम गरेर मानव अधिकार हननका घटनामा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

महिला अधिकारकर्मी विनिता दाहालले मानव अधिकार घटना हुन नदिन नेपाल प्रहरी, नागरिक समाज र राजनीतिक दलहरूले सदैव प्रयास र प्रयत्न जारी राख्नुपर्ने जरूरी रहेको बताउनु भयो ।

पत्रकार डुमरलाल महेताले स्थानीय तहका न्यायिक समितिका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।

अधिवक्ता सुकदेव चौधरीले धेरै जसो मानव अधिकार हननका घटनाहरू गरिब, विपन्न र दलित समुदायमा हुने भएकाले त्यस समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गर्न इन्सेकले योजना अघि बढाउनु पर्ने बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले राजनीतिक संयन्त्रलाई सक्रिय गरेर अपराध र अधिकार हननका घटना न्यूनीकरण गर्न सकिने बताउनु भयो । उहाँले सामाजिक बेमेलता, चेतनाको अभाव र बेरोजगारीका कारणले पनि घटनाहरू हुने भएकाले समाजमा सचेतनाका कार्यक्रम गरेर अपराधका घटना न्यूनीकरण गर्न सक्ने बताउनुभयो ।

वार्षिक समीक्षा कार्यक्रममा अधिकारकर्मीहरु दिपक मण्डल, गणेश यादव, रविन्द्र पौद्धार, कृष्ण पौदार, कान्दा भट्टराई, सचिव श्रेष्ठ, ओमकार न्यौपाने, नुनुलाल साह, कोपीला श्रेष्ठ, राजेश यादव, सचेन्द्र यादव, मो. अन्सारुल हुसैन, आशादेवी पौद्धार, रवीन्द्रकुमार यादव सहित विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

Photo 20221209 sunsari (1)

Photo 20221209 sunsari (2)

Photo 20221209 sunsari (3)

Photo 20221209 sunsari (4)

Photo 20221209 sunsari (5)

Photo 20221209 sunsari (6)

Photo 20221209 sunsari (7)

Photo 20221209 sunsari (8)

Photo 20221209 sunsari (9)

जयकृष्ण यादव