वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्ममा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४ गते समीक्षा गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासङ्घको संयुक्त आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधिले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ ओटा घटना अभिलेख गरेको जानकारी दिनु भयो । जसमा पाँच जनाको हत्या, कुटपिट ६ जना, हत्या प्रयास चार जना, सात जना बालिकासहित ११ जना बलात्कृत, एक जनामा बलात्कार प्रयास, बाल यौन दुव्र्यवहार दुई जना र घरेलु हिंसाका ४६ जना पीडित भएको अभिलेख गरेको इन्सेक प्रतिनिधिले सरोकारवाला समक्ष बताउनु भयो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मङ्सिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा गत वर्ष ५७ ओटा घटना अभिलेख गरिएको यो वर्ष ७५ ओटा घटना भएको इन्सेक प्रतिनिधिले सरोकारवाला समक्ष बताउनु भयो ।
समीक्षा कार्यक्रममा गैरसरकारी संस्था महासङ्घकी केन्द्रीय सदस्य गीता अधिकारीले धनकुटामा मानव अधिकारको वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनु भयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनु भयो । सुधारको ठाउँ जहाँ पनि भएको बताउँदै आफूले के गर्दैछु भनेर प्रश्न गरे मानव अधिकार हनन नहुने बताउनु भयो ।
शिक्षा विकास तथा समन्वय इकाइकी प्रमुख मोहन राईले बालबालिकादेखि नै अधिकारको विषयमा ज्ञान दिन सके मानवअधिकार उल्लङ्घनका घटना कम हुने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले प्रहरी कानुनी राज्यको प्रत्याभूति गराउन क्रियाशिल रहेको बताउनु भयो ।
पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले नागरिक सजग भए सबैलाई घटनै नहुने बताउँदै घटना कम गराउन सबैले पहल गर्नुपर्ने बताउनु भयो ।
हुसाडेक नेपाल धनकुटाका अध्यक्ष सरोज भुजेलले प्रतिवेदनमा महिला हिंसाका घटना बढेको बताउनु हुँदै हरेक वर्ष तीनै तहको सरकारले महिला हिंसा न्यूनीकरणमा छुट्याएको बजेट कता जान्छ भनेर खोज्ने बेला आएको बताउनु भयो ।
समीक्षा कार्यक्रममा पत्रकार, सामाजिक अभियान्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
ईश्वर थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…