वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ ।
जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा ५५ ओटा मानव अधिकारसँग सम्बन्धित घटनामा ५६ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते सरोकारवालबिच सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५५ ओटा घटनामा ५५ जना पीडक छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि प्रकाशन पूर्व जिल्लामा गरिएको समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको घटनामा बलात्कार १३ ओटा, यौन दुर्व्यवहारका तीन ओटा, हत्याका सात ओटा र घरेलु हिंसाका ३२ ओटा घटना छन् ।
इन्सेक प्रतिनिधिका अनुसार परिवारकै सदस्य, चिनजान भएका आफन्तबाट बालिका तथा महिला बलात्कृत भएका छन् । जिल्लामा ६ वर्षीयाबालिका देखि ४३ वर्षीया महिला बलात्कार घटनामा पीडित भएका छन् ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएस्पी सुकदेव खनालले समाजमा हुने विभिन्न प्रकारका हिंसा अन्त्यको लागि सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो । जिल्लामा समुदाय प्रहरी साझेदारी समितिहरू बनाएर मानव अधिकार रक्षाका लागि सचेतनामुलक अभियान सञ्चालन गरिरहको र आगामी दिनमा निरन्तरता दिने बताउनु भयो ।
सिद्धिचरण नगरपलिकाका उपप्रमुख केदारबाबु बस्नेतले जिल्लामा मानव अधिकारको क्षेत्रमा इन्सेकले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकार उल्लङ्घन रोकथाम र नियन्त्रणमा आफूहरूको सहकार्य रहने बताउनु भयो ।
नगर प्रमुख तेजेन्द्र खनालले समुदायमा अझै पनि विकृतिकै रुममा रहेको हिंसा न्यूनीकरण र मानव अधिकार सुनिश्चितताको लागि नगरपालिकाले आवश्यक योजना अघि बढाउने बताउनु भयो । मानव अधिकारको हनन् पनि हिंसासँग जोडिएको भन्दै हिंसालाई जरैदेखि निर्मूल पार्न निरन्तर सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने खनालले बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देल इन्सेकले जिल्लामा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसर पारेर जिल्लाको मानव अधिकार अवस्था थाहा पाउने गरी समीक्षा कार्यक्रम गरेकोमा इन्सेक धन्यवाद व्यक्त गर्नु भयो । उहाँले मानव अधिकारको क्षेत्रमा खेलेको भूमिका राम्रो रहेको भन्दै यसलाई निन्तरता दिन आग्रह गर्नुभयो ।
प्रतिवेदन अनुसार जिल्लामा हिंसाका घटना भयावह रूपमा नै रहेको देखिएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी सिग्देलले आ–आफ्नो क्षेत्रबाट मानव अधिकार रक्षाका लागि पहल गर्नुपर्ने बताउनु भयो ।
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको सुरुआत देखि नै इन्सेकले स्थानीय तह, प्रहरी र सरोकारवालाहरुसँग समन्वय गरेर हिंसाविरूद्ध सचेतनाका कार्यक्रम गरेको छ ।
लैङ्गिक हिंसाविरूद्धको १६ दिन अभियानको अन्तिम दिन मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानव अधिकार दिवस अवसर पारेर सरोकारवालाहरुको सहभागितामा इन्सेकले जिल्ला प्रहरी कार्यालय देखि सिद्धिचरण पार्कसम्म र्याली सहिदबजार परिक्रमा गरी नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख एवम् प्रतिनिधि, विभिन्न महिला समूहका प्रतिनिधि र पत्रकारको सहभागिता थियो ।
सरस्वती बानिया
सम्बन्धित इन्सेक गतिविधिहरू
नेतृत्व विकास र पैरवी तालिम सम्पन्न
मानव अधिकार उल्लङ्घनका घटनाबाट पीडित महिलालाई नेतृत्व विकास तथा पैरवी तालिम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा दुई दिने तालिम असोज ९ वीरेन्द्रनगरमा…
श्री राष्ट्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-१, हात्तिबाङस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…
शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ८ गते सम्पन्न भएको छ । उक्त अन्तर्क्रिया…
मनहरी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मानव अधिकार समूहको स्थानीय स्तरमा रहेका समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० असोज ९ गते सम्पन्न भएको छ ।…
श्री जनप्रिय माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज ९…