वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० मा समेटिने घटनाका विषयमा जिल्लामा वार्षिक समीक्षा सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र( इन्सेक) संखुवासभाको आयोजनामा पुस ५ गते सरोकारवालाहरूको उपस्थितीमा समीक्षा सम्पन्न भएको हो ।
समीक्षा कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले इन्सेकले विगतदेखि मानव अधिकारको घटनाहरूको सङ्कलन गरी वर्ष पुस्तक मार्फत नेपालको मानव अधिकारको अवस्था प्रस्तुत गर्ने काम गरेको बताउनुभयो ।
उहाँले नागरिकका अधिकार तथा राजनीतिक अधिकार,आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको भन्दै बनेका कानून कार्यान्वयनमा जोड दिनुभयो ।
पहुँच नभएका पछाडि पारिएका नागरिकहरूको आवाज पनि मानव अधिकारकर्मीले उठाउनु पर्ने भन्दै वर्ष पुस्तकमा समावेश गर्न सुझाव दिनुभयो ।
खाँदबारी नगरपालिका न्यायिक समिति संयोजक डेगेश्वरी श्रेष्ठले इन्सेकले देशव्यापी रूपमा गरिरहेको मानव अधिकारको अनुगमन र प्रलेख कार्य उदाहारणीय भएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले मानव अधिकारको विषयवस्तु गहन भएकाले सबै नागरिक सम्मानित र स्वतन्त्र र मर्यादित रूपमा बाँच्न पाउनु मात्रै नभइ स्वच्छ वातावारणमा बस्न पाउनु, विकासको अधिकार अनुभूति गर्न पनि मानव अधिकार भएको बताउनुभयो ।
उहाँले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकोले यसमा प्रकाशन हुने कुरा सत्यतथ्य हुनु पर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले इन्सेकले प्रकाशन गर्ने बर्षपुस्तक एउटा दस्तावेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए ।
नेपाल पत्रकार महासङ्घ सङ्खुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताउनुभयो ।
उहाँले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नुपर्ने बताउनुभयो ।
समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले एक वर्षको अवधिमा आठ बालिकालाई यौन दुर्व्यवहार भएको, चार जना महिला बलात्कारमा परेको, पाँच नागरिकको हत्या भएको, एक ओटा मानव वेचविखनको घटना गरी जिल्लामा एक वर्षको अवधिमा २३ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
बाबुराम बाँस्तोला
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…