वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा क्षेत्र नं.२ (ख) बर्दघाट सुस्ता पश्चिमका सांसद बैजनाथ जैसवालले गरिबी, अशिक्षा र बेरोजगारीका कारण र कडा कानुनको अभावमा पनि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै आएको बताए ।
प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद लामिछानेले जनचेतनात्मक कार्यक्रम सदरमुकाममा भन्दा दुरदराजमा गर्नुपर्ने बताउँदै घटना सङ्कलन गरी प्रकाशन अगावै सरोकारवालालाई सूचित गराएकोमा इन्सेकलाई धन्यवाद दिए ।
कार्यक्रममा इन्सेक प्रतिनिधि नारायण पराजुलीले प्रदेश नं.४ का ४३ र प्रदेश नं.५ का ५० वटा घटना प्रस्तुत गरेका थिए । जसमा नवलपुर जिल्लामा बाल यौनजन्य हिंसाका १३ वटा, बर्दघाट सुस्ता पश्चिममा १४ वटा रहेका छन् । बर्दघाट सुस्ता पूर्वमा महिला हिंसाका १३ वटा र बर्दघाट सुस्ता पश्चिममा २३ वटा रहेका छन् । दुवै जिल्लामा बहुविवाहका दुई, मानव बेचबिखनका दुई गरी ९३ वटा घटना सार्वजनिक गरिएको छ ।
नारायण पराजुली
सम्बन्धित इन्सेक गतिविधिहरू
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…
बलात्कार पीडित बालिकालाई इन्सेकको सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ…