वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न गरिएको छ ।

Photo20180620Syangja

समीक्षा कार्यक्रममा इन्सेक स्याङ्जाले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्त सम्म सङ्कलन गरेका ३५ वटा घटनाको समीक्षा गरिएको थियो ।

६ महिनामा २१ वटा घरेलु हिंसा र १४ वटा बलात्कारका घटना अभिलेख गरिएको इन्सेक स्याङजा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले बताए ।

सहभागिहरूले महिला माथि हुने घरेलु हिंसा र बलात्कारका घटनाहरूलाई रोक्नको लागि जनचेतना जगाउनु पर्नेमा जोड दिएका छन् । बजारमा म्याद नाघेका खाद्य वस्तुहरूको निर्वाधरूपमा विक्रीवितरण भइरहेको बताउँदै यसको कडाइका साथ अनुगमन गर्नु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायतका क्षेत्रमा विशेष ध्यान पुर्‍याउनु आवश्यक रहेको भन्दै यसको लागि बजार अनुगमनलाई तीव्र पारिनुपर्ने, सबै पसलहरूमा मूल्यसूचि टाँसिनुपर्ने, म्याद गुज्रिएका खाद्य पदार्थ बरामद गरी नष्ट गरिनुपर्ने निष्कर्षनिकालिएको छ ।

यसैगरी सडक बालबालिकाहरूको व्यवस्थापनमा कठिनाई रहेको बताउँदै उनीहरूको जन्मदर्ता  कार्यलाई सहज बनाइ उनीहरूलाई विद्यालय भर्ना गर्ने कार्यमा सबैको सहयोग अपरिहार्य बताएका छन् ।

मानव अधिकारको क्षेत्रमा इन्सेकले महत्वपूर्ण भुमिका खेलेको बताउँदै अझै मानव अधिकार उल्लङ्घनका घटनाहरूमा संलग्न हरूलाई थप खबरदारी गर्न समेत आग्रह गरेका छन् ।

हिमलाल पराजुली