वडा कार्यालयले सम्पादन गरेको काम र भूकम्प पछिको पुनर्निर्माणका सवालमा सार्वजनिक सुनुवाइ
मन्थली नगरपालिका–१२ गेलुमा वडा कार्यलयले सम्पादन गरेको काम तथा भूकम्पपछिको पूनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम असोज २ सम्पन्न भयो ।
पशुपति सामुदायिक अध्ययन केन्द्र गेलुको समन्वय तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको सहजिकरणमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
सार्वजनिक सुनुवाइमा वडा कार्यलयले सम्पादन गरेको कामको बारेमा वडा अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी गराएका थिए ।
समाजिका सुरक्षातर्फ २ सय ९८ जनाको लागि १८ लाख ८२ हजार रुपियाँ वितरण गरिएको उनले जानकारी दिए । आ.व २०७४÷०७५ मा १ सय ९७ ओटा व्यक्तिगत घटना दर्ता भएको पनि उनले जानकारी दिए ।
निजी आवस पुनर्निमार्णतर्फ सो वडामा ७ सय ६३ घर परिवारसँग पुनर्निमार्णको सम्झौता भई रकम निकासा भएको समेत जानकारी दिए ।
कार्यक्रममा वडा कार्यलयमा वडा सचिवलाई नियमित गराउने, वडा कार्यलयका सूचनाहरू सूचना पाटिमा व्यवस्थित गराउने, यही कात्तिक मसान्त भित्रै वडामा पशुसेवा केन्द्र सञ्चालनमा ल्याउनेलगायतका पाँच बुँदे प्रतिवद्धता जारी गरिएको छ ।
नवराज पथिक
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…