वडा कार्यालयको आर्थिक सहयोगमा निगरानी समूहद्वारा विद्यालयलाई 'प्याड' सहयोग
इन्सेकको पहलमा गठित चापपानी मानव अधिकार निगरानी समूहले बगनासकाली गाउँपालिका-९ तथा साविकको चापपानी गाविसको आर्थिक सहयोगमा गाविसका ३ वटा बिद्यालयमा सेनेटरी प्याड प्रदान गरेको छ ।
चन्द्र माध्यमिक विद्यालय, कालिका आधारभूत बिद्यालय र बसन्त आधारभूत बिद्यालयमा प्याड वितरण गरेको छ । निगरानी समूहका संयोजक रणप्रताप खाँणले चन्द्रलाई ३० थान, कालिकालाई २० थान र बसन्तलाई २० थान प्याड हस्तान्तरण गरे ।
आर्थिक वर्ष २०७३/०७४ बाट निगरानी समूहलाई विनियोजन गरेको २० हजार रुपियाँबाट १६ हजार रुपियाँको यसअघि मानव अधिकारसम्बन्धी तालिम सञ्चालन गरिएको र बाँकी रहेको ४ हजार रुपियाँबाट विद्यालयमा आवश्यक रहेको प्याड उपलब्ध गराइएको उनले बताए ।
यसअघि गाविसमा आयोजित गाविस स्तरीय समस्या पहिचान कार्यक्रममा विद्यालयमा प्याड उपलब्ध नहुँदा महिनावारी भएका छात्राहरुलाई समस्या हुने गरेको विषय उठेको थियो । विद्यालयले एक जना शिक्षिकालाई फोकल पर्सन बनाई महिनावारी भएका छात्राहरूलाई प्याड उपलब्ध गराइने चन्द्र माविका निमित्ति प्रअ नारायण गैरेले बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…