वडा अध्यक्षलाई ध्यानाकर्षण–पत्र
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित बटेश्वार गाउँपालिकाका माना अधिकार समूहले वडा स्तरीय मानव अधिकार समूह गठन गर्नु पर्ने माग राख्दै ०८० चैत २६ गते बटेश्वार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष विजय कुमार महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चलन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गराउने उद्देश्यले बटेश्वार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष महतोलाई ध्यानाकर्षण–पत्र बुझाएको हो ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेकले धनुषाको बटेश्वर गाउँपालिकामा मानव शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र मानिसका अधिकारहरुलाई व्यक्तिहरूको पहुँचसम्म पुर्याउन वडा स्तरीय मानव अधिकार समूह गठन गर्नुपर्ने भएकोले सो को लागि सहज वातावरण निर्माण गरिदिनुहुन बटेश्वार गाउँपालिकाका मानव अधिकार समूहले ध्यानाकर्षण पत्र मार्फत अनुरोध समेत गरेका छन् ।
त्यस्तै, बटेश्वार गाउँपालिका वडा नं २ का वडा अध्यक्ष महतोले मानव अधिकार समूहलाई धन्यवाद दिनुहुँदै ज्ञापन पत्र मार्फत उक्त समूहले गरेका मागहरू जति सक्दो चाँडै पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, सदस्य रामहृदय महासेठ, मानव अधिकार समूहका अध्यक्ष सुरज महतो, उपध्यक्ष लक्ष्मी कुमारी महतो, सदस्य सरोज कुमार महतो, इन्सेक मधेस प्रदेश कार्यालयका धनुषा जिल्ला सहजकर्ता शिवजी परियार लगायतको टोलीले बटेश्वार गाउँपालिका वडा नं २ को वडा अध्यक्ष महतोलाई ध्यानाकर्षण–पत्र बुझाउनु भयो ।
इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाम
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…