वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहको कार्य योजनाअनुसार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले विद्यार्थी जीवनमा अनुशासनको पालना गर्ने हरेक व्यक्तिले राष्ट्रको असल नागरिक भएर स्वास्थ्य, शिक्षा, समाजसेवा, राजनीति, उद्योग, वाणिज्य आदि क्षेत्रमा देश विकासमा महत्वपूर्ण योगदान दिइरहेको बताउनु भयो ।
अनुशासन मानवजातिको सर्वोत्तम गुण भएकाले त्यस्ता व्यक्तिलाई सबैले मन पराउने र अनुशासित व्यक्ति नै आदर्श आचरणको योग्य बन्ने पोखरेलले बताउनु भयो ।
जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका प्रधानाध्यापक कुशेश्वर मण्डलले अनुशासनको पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्ने बताउनु भयो ।
घरपरिवारदेखि समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन कायम रहेमा असल संसार बन्ने उहाँले बताउनु भयो ।
प्रतियोगितामा पुष्पराज अमात पहिलो, आनन्द ठाकुर दोस्रो, प्रकाशकुमार मण्डल तेस्रो र रोशनकुमार मण्डल सान्तवना पुरस्कार प्राप्त गर्नु भएको चेतना समूहले जनाएको छ ।
विजेताहरूलाई प्रमुख अतिथि पोखरेल, प्रधानाध्यापक मण्डल, वडा सदस्य रामकुमार राय र शिक्षक सरोज चौधरीले डिक्शनरी, व्याकरण, कम्प्युटरका पुस्तकहरू वितरण गर्नुभयो ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…