लोकतन्त्र सफल भयो भने मानव अधिकार सफल हुन्छ : नगरप्रमुख भण्डारी
लोकतन्त्र सफल भयो भने मानव अधिकार सफल हुने पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारीले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले लोकतन्त्रको रक्षा गरेपछि मानव अधिकारको रक्षा हुने भएको हुँदा सबैले लोकतन्त्रको रक्षा सबैले गर्न आवश्यक भएको बताउनु भयो ।
भण्डारीले स्थानीय तहमा मानव अधिकारको रक्षा हुने काममा सधैं लाग्ने प्रतिवद्धता जनाउनु भयो । पञ्चपुरी नगरपालिकाले गर्ने हरेक बिकासका काममा मानव अधिकारको रक्षा गर्दै योजना निर्माण गर्ने बताउनु भएको छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै बराहताल गाउपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकार भनेको मानिस जन्म देखि मृत्यु सम्मको अधिकार हो । मानव अधिकार मान्छेको जिवनभर आवश्यक रहने भएको हुँदा हामीले गर्ने हरेक काममा मानव अधिकारको पनि ख्याल गर्नुपर्ने बताउनु भएको छ । मानव अधिकालाई वास्तविक जीवनमा लागु गर्ने अवगत गराउनु भयो ।
इन्सेक कर्णाली प्रदेश सुर्खेतको आयोजनामा भएको मानव अधिकार समूहका सदस्य तथा स्थानीय सरकारवालाहरूका लागि क्षमता अभिवृद्धि कार्यशाला पञ्चपुरी नगरपालिकामा सुरु भएको कार्यक्रममा वराहताल गाउपालिका र पञ्चपुरी नगरपालिका मानव अधिकार समूहका सदस्य तथा सरोकारवाला गरि ३० जनाको सहभागीता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्याशालामा इन्सेक अभियान र मानव अधिकारको अवधारणा, मौलिक हक र न्यायीक समितिको काम कर्तव्य अधिकार, वातावरण संरक्षण र वातावरण संरक्षणमा मानव अधिकार समुहका सदस्यको भुमिका, जातिय तथा लैंगिक विभेद र कानुनी प्रावधान, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणको अधिकार , मानव अधिकार समूहको क्रियाकलाप, नेतृत्व विकास र मानव अधिकार समूहको भूमिका लगाएतका बिषयमा छलफल गरि समस्या पहिचान गरी कार्ययोजना निर्माण गर्ने कार्यक्रम रहेको छ ।
कार्यशालामा इन्सेक कर्णाली संयोजक नारायण सुवेदी, अधिवक्ता खेमराज तिवारी, जनज्योति माध्यमिक बिद्यालय बराहतालका प्रधानाध्यापक नारायण सिग्देल र ईन्सेकका फोकल पर्सन दुर्गा थापा लगाएतले कार्यक्रम सहजीकरण गर्नुहुने छ ।
प्रभाकुमारी रावत
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…