लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपुर्ण हुन्छः सरोकारवाला
लोकतन्त्रमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालित नागरिक समाज, सञ्चार माध्यम र स्थानीय तहको सहकार्य विषयक छलफल कार्यक्रममा सहभागीहरूले उक्त धारणा राखेका हुन् ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले नागरिकको आवाज सुनुवाइ नभएपनि मानव अधिकार क्षेत्रमा काम गरिरहेको इन्सकको कार्यक्रमले सचेतना जगाएको बताउनुभयो ।
यहाँ खुलेका जलविद्युत आयोजनाहरूले स्थानीय बेरोजगारहरूलाई क्षमताका आधारमा रोजगारी दिन नसकेको उहाँको आरोप छ ।
रोजगारीका नाममा युवाहरू चीन तथा खाडी मुलुक जानुपर्ने बाध्यता रहेको बताउँदै उहाँले भन्नुभयो–‘स्थानीय तहले नीति निर्माण तथा अन्य कार्यमा पनि नागरिकको सहभागिता गराउन सकेन ।’
इन्सेकका निर्देशक श्रीराम बजगाईले देशभर मानव अधिकारको अवस्था अनुगमन, संरक्षण, संवर्द्धन र चेतनाको लागि नागरिक अभियानको रूपमा काम गरेको बताउनुभयो ।
उहाँले जनआन्दोलन–२ पछि संविधान निर्माण, सेना समायोजन, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वको समयमा भएको मानव अधिकार उल्लङ्घन र ज्यादतीको निराकरण गर्नेमध्ये संविधान निर्माण गरी तीन तहको सरकार निर्माण भएको बताउनुभयो ।
नेपालमा धेरै संस्थाले सामाजिक संस्थाहरूले विकास साझेदारका रूपमा काम परेको र दिगो विकास लक्ष्यका लागि नागरिक समाजको भूमिका साझेदारका रूपमा महत्वपूर्ण हुने बताउनुभयो ।
लोकतन्त्रमा नागरिक समाज र मिडियाको भूमकिा महत्वर्पुण हुने भएपनि प्रभावकारी हुन नसकेको र नागरिकका तर्फबाट संगठित र बलियो आवाज आउन नसकेको गोसाँईकुण्ड गाउँगालिका ६ का वडा अध्यक्ष दावासिदार वाइवाले बताए ।
उहाँले कर्मचारी, नागरिक समाज र जनप्रतिनिधिबिच समन्वय सहकार्य पनि प्रभावकारी हुन नसकेको बताउनुभयो ।
एफएचआई ३६० का प्रेमराज ओझले नागरिक समाजको र मिडियाको भूमिका लोकतन्त्रमा महत्वपूर्ण हुने बताउनुभयो ।
परिवर्तित परिस्थितिमा स्थानीय तहको नीति निर्माणमा समेत नागरिक समाजको मुद्दाहरूमा मिलेर धेरै कामहुन सक्ने उहाँको भनाइ छ ।
भूमि अधिकारकर्मी विश्वास नेपालीले रसुवामा भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेका विस्थापितहरूको आवासको हक सुरक्षित हुन नसकेको बताउनुभयो ।
उहाँले सङ्घीयता कार्यन्वयनसँग बाह्य स्रोत अभावले सामाजिक सङ्घसंस्थाको गतिविधि कम भएको बताउनुभयो ।
उहाँले १ हजार ९५ परिवार विस्थापित रहेकामा ४ सय ६८ परिवारको बस्ती स्थानान्तरण हुन बाँकी रहेको र धेरैको जिवीकोपार्जनमा कठिनाई भएको कुरा पर्याप्त उठान हुन नसकेको बताउनुभयो ।
पत्रकार बलराम घिमिरेले सामाजिक संस्था पत्रकार नागरिक समाज एकबद्ध हुन नसकेकाले नागरिकका मुद्दाहरू उठाउन जटिल भएको बताउनुभयो ।
पत्रकार जयराम आचार्यले नीति निर्माण तहमा नागरिकको सहभागिता नदेखिएकाले सेवा प्रवाहमा पनि समस्या देखिएको बताउनुभयो ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…