लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०८० मङ्सिर २३ गते

लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा इन्सेक, एन्साब नेपाल , पारिवारिक निजी वन संघ नवलपुर ,  ग्रिन फाउण्डेशन नेपाल नवलपुर लगायत विभिन्न संघसंस्थाको समन्वयमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आयोजना गरिएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य सीता खड्काले सामुदायिक वनले लामो समय लडेर ल्याएको महिलाको सहभागिताको अधिकारलाई वन नियमावली २०७९ ले कुण्ठित पार्न खोजेको बताउनुभयो ।

सामुदायिक वनको कार्यसमिति निर्माण हुँदा महिलाको ५० प्रतिशत सहभागिता सुनिश्चित गरिएको र कार्यान्वयनमा रहिरहेको समयमा वन नियमावली २०७९ ले उक्त अधिकार कटौती गरेको उहाँले बताउनुभयो । वन नियमावलीमा भएको यस व्यवस्था विरुद्ध महासङ्घले आवाज उठाइरहेको बताउनुभयो । सामुदायिक वनभित्र  मात्र नभई समाजमा देखिएका लैङ्गिग हिंसा विरुद्ध समेत वन क्षेत्रमा लागेका सरोकारवालाहरूले आवाज उठाउन जरुरी रहेको उहाँले जोड दिनुभयो ।

महिलाहरू  आर्थिक रुपमा बलियो हुन सकेमा हिंसामा समेत कमी आउने उहाँले बताउनुभयो । जसका लागि सामुदायिक वनहरुले महिला, विपन्न, अशक्तहरूलाई आफ्नो श्रोत साधनको प्रयोग गरि आयआर्जनमा जोड्न उहाँले सुझाव दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरकी अध्यक्ष मना भण्डारीले लैङ्गिग हिंसा विरुद्ध १६ दिने अभियानलाई सफल बनाउनका लागि सचेतनाको कार्यक्रम गरिएको बताउनुभयो । महिलालाई सशक्तिकरण  गर्ने सवालमा सामुदायिक वन उपभोक्ता महासङ्घले धेरै कामहरू गर्दै आएको , पैरवी र वकालत गर्दै आएको उहाँले बताउनुभयो । सामुदायिक वनमा मात्र नभई समुदायभित्र रहेका विभिन्न किसिमका हिंसा अन्त्य गर्नका लागि आफूहरू लागिपर्ने र सरोकारवाला सबै एकजुट भएर लाग्न जरुरी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पारिवारिक निजी वन संघ नवलपुरका अध्यक्ष हुमनाथ पाण्डे , इन्सेक नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनी,  ग्रिन फाउण्डेशन नेपाल नवलपुर सचिव दूर्गादेवी विष्ट लगायतले बोल्नुभएको थियो । उहाँहरूले सामुदायिक वनमा हुने हरेक गतिविधिमा महिला पुरुषको समान सहभागिता हुन जरुरी रहेको बताउनुभयो । साथै सामुदायिक वनमा हुने आयआर्जनका कृयाकलापमा अपाङ्गता भएका , विपन्न र अन्य वर्गका व्यक्तिहरूको सहभागिता  सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । हिंसा विरुद्ध बोल्न सक्ने वातावरण सृजना गर्नका लागि हरेक क्षेत्रमा सचेतनाको कार्यक्रम गर्न सुझाव दिनुभयो ।

539c2aea-fd22-

c84908c0-5b61-

e4040878-e9cb-

ज्ञानु पंगेनी