लैङ्गिक हिंसा विरूद्ध प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक, सामाजिक विकास कार्यालय, भिरकोट नगरपालिका र सिकोस नेपालको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लैङ्गिक हिंसा विरूद्धको अभियानको इतिहास, यसको प्रकार र वर्तमान अवस्थाका बारेमा सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरी प्रसाद रेग्मीले र लैङ्गिक हिंसा विरूद्ध नेपालको प्रचलित कानुनको विषयमा इन्सेक जिल्ला प्रतिनिधि राधा कृष्ण शर्माले प्रशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख गोविन्द बहादुर कर्माचार्यले आगामि दिनहरूमा यस पालिका भित्र कुनै पनि प्रकारको लैङ्गिक हिंसाका घटनाहरु बढ्न नदिने अभियानमा पालिका निरन्तर लागि रहने बताउनुभयो । साथै जुनसुकै हिंसा पनि जन्मजात नभई व्यक्तिको आचरणमा निर्भर रहि समाजमा त्यसको प्रभाव फैलिदै गएको, जसको न्यूनीकरणका लागि सम्पुण व्यक्तिले आत्मसमिक्षा गर्दे आफुँलाई सकारात्मक साोचका साथ अगाडि बढाउने हो भने यस्ता समस्याहरु घटेर जाने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्द बहादुर कर्माचार्य, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख ईश्वरी प्रसाद रेग्मी, इन्सेक जिल्ला प्रतिनिधि राधा कृष्ण शर्मा, सिकोस नेपालका अध्यक्ष चण्डिका सापकोटा लगाएत भिरकोट नगरपालिका अन्तर्गतका विभिन्न समाजिक अभियन्ताहरु, प्रहरी कार्यालय प्रमुख, स्थानिय आमा समुह, युवा समुह, गैर सरकारी संस्थाका प्रतिनिधि एवं स्थानिय पालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
राधाकृष्ण शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…