लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भमा बाल अधिकारसम्बन्धी अभिमुखिकरण

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इन्सेक रुपन्देही, सशक्तिकरण नेपाल र इन्भाइरोमेण्ट इङ्गलिस बोर्डिङ उच्च माध्यमिक विद्यालयको सहकार्यमा मङ्सिर १३ गते बाल अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानसम्बन्धी  अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालयका बालबालिकाहरूलाई बाल अधिकार, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूको अधिकारका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाल अधिकारको पृष्ठमूमि, जिल्लामा बालबालिकाको अवस्था, बालबालिकाहरूका सवाल, बालमैत्री शिक्षा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवाल, उनीहरूको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाका विषयमा सहजीकरण गरिएको थियो ।

अभिमुखीकरणको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसी र सशक्तिकरण नेपालका अध्यक्ष तथा तेस्रो लिङ्गी अघिकारकर्मी आनिक रानाले गर्नुभएको थियो ।

कार्यक्रम्रममा इन्भाइरोमेण्ट इङ्गलिस बोर्डिङ् उच्च माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मधुप्रकाश ज्ञवालीले समाजमा रहेका महिला र पुरूष बाहेक अर्को समुदाय भएको भन्ने विषयमा जानकारी दिने र बाल अधिकारका विषयमा जानकारी गराउने र अधिकारसँगै कर्तव्यको बोध गराउनका लागि यस्तो कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

photo20191129rupandehi

रीमा बिसी