लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भमा बाल अधिकारसम्बन्धी अभिमुखीकरण

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको सन्दर्भ पारेर इन्सेक रूपन्देही र सशक्तिकरण नेपालले कालिका मानव ज्ञान माध्यमिक विद्यालय कानुन सङ्कायका विद्यार्थीहरूका लागि मानव अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार र लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर बाल अधिकार, मानव अधिकार, महिला अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूको अधिकारका विषयमा सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको अभिमुखीकरण कायक्रममा बाल अधिकारको पृष्ठमूमि, जिल्लामा बालबालिकाको अवस्था, बालबालिकाहरूका सवालहरू, बालमैत्री शिक्षा, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरूका सवालहरू उनीहरूको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अवस्थाका विषयमा सहजीकरण गरिएको थियो ।

अभिमुखीकरणको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसी र सशक्तिकरण नेपालका अध्यक्ष तथा तेस्रो लिङ्गी अघिकारकर्मी आनिक रानाले गर्नुभएको थियो ।

कार्यक्रममा कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रध्यानाध्यापक घनश्याम पाठकले समाजमा रहेका महिला र पुरूष बाहेक पनि अर्को समुदाय भएको भन्ने विषयमा जानकारी दिन र अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि सँगसँगै लैजानका लागि यस कार्यक्रमले सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरेर विभिन्न अधिकारका विषयमा सचेत गराउने काम गरेको भन्दै इन्सेक र सशक्तिकरण नेपालप्रति आभार  प्रकट गर्नुभयो ।

कानुन सङ्कायका विभागीय प्रमुख युवराज कँडेलले अल्पसङ्ख्यक समुदायका सवालहरूका विषयमा गरेको सहजीकरणले केही न केही भए पनि विद्यार्थीहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालमा बुझ्न र अध्ययन गर्नका लागि सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रमलाई बेला बेलामा विद्यालयमा लिएर आउन आग्रह गर्नुभयो ।

photo20191204rupandehi (1)

photo20191204rupandehi (2)

photo20191204rupandehi (3)

photo20191204rupandehi (4)

photo20191204rupandehi (5)

photo20191204rupandehi (6)

photo20191204rupandehi (7)

photo20191204rupandehi (8)

photo20191204rupandehi (9)

 

रीमा बिसी