लैङ्गिक हिंसा विरुद्ध प्रभात र्‍याली र सचेतना कार्यक्रम सम्पन्न

   ०८१ मङ्सिर २५ गते

चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा र्‍याली तथा सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

Sindhupalchok 1 (2)

कार्यक्रममा चौतारा सागाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमखु सिता थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्का, जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, कानुन ब्यवसायीहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निर्वाचित जनप्रतिनिधिहरु, महिला सञ्जलका प्रतिनिधिहरु, स्थानिय महिलाहरु लगायतको सहभागिता रहेको थियो । र्‍यालीले सागाचोक बजार परिक्रमा गरी सचेतनामूलक कार्यक्रममा परिणत भएको थियो ।

यस्ता सचेतना मूलक कार्याक्रमले लैङ्गिक हिंसामा न्यूनिकरण हुने कुरामा विश्वास गर्न सकिने चौतारा सागाचोकगढीका नगर प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

Sindhupalchok 1

नातिबावु धिताल