लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२ गते सडक नाटक तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
राष्ट्रिय माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले समुदायमा कुप्रथाको रुपमा रहिआएको बोक्सी प्रथा विरुद्ध सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले समाजमा बोक्सीको नाममा महिला हिंसा हुने गरेकाले यस्ता कुप्रथालाई न्यूनीकरण गर्न सचेतनाका लागि निरन्त रुपमा सडक नाटक प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हाम्रो समाजमा सामाजिक मुल्यमान्यताका कारण अझै पनि बोक्सी जस्ता कुप्रथालाई मान्दै आइरहेकाले समुदायमा बोक्सी प्रथा कानुनी रुपमा द्वन्द्वीय रहेको भनेर सचेतना फैलाउन आवश्यक छ ।’
यसैगरी घोडाघोडी नगरपालिका—१० पहलमानपुरस्थित कान्ति राज्यलक्ष्मी माध्यामिक विद्यालयका बाल अधिकार चेतना समूहले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले भोग्दै आएको विभेद सम्बन्धमा मङ्सिर २२ गते सडक नाटक र महिला हिसांको अन्त्यका लागि विद्यार्थीको भुमिका विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहका अध्यक्ष आशा परियारले लैङ्गिक तथा अल्प सङ्ख्यक समुदायले अझै पनि आफ्ना समस्या खोलेर भन्न नसक्ने हुँदा मानसिक समस्या तथा डिपे्रशनमा जाने जस्ता समस्या भोग्दै आइरहेकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको सवाललाई उजागर गरी नाटक देखाएकाले बाल अधिकार चेतना समूहलाई धन्यवाद दिनु भयो ।
यसैगरी घोडाघोडी नगरपालिका—२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका बाल अधिकार चेतना समूहले बालविवाह विरुद्ध मङ्सिर २२ गते सडक नाटक गरेका छन् ।
दशरथ माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्र चन्दले उमेर नपुग्दै बालबालिकाहरुले प्रेम विवाह गर्ने कारण समाजमा बालविवाह बढेको र बालविवाहका कारण बालबालिकाहरुको व्यक्तित्व विकास हुन नसक्दा आर्थिक, मानसिक, पारिवारिक तथा समाजिक समस्याले हिसां बढाएको बताउनु भयो ।
सडक नाटक तथा वक्तित्वकला प्रतियोगितामा बिभिन्न विद्यार्थीहरुले भाग लिएका थिए भने कार्याक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
मैनामोती चौधरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…