लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन

  ०८० मङ्सिर २१ गते

कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक नाटक तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

जनकल्याण माध्यामिक विद्यालयमा गठित बाल अधिकार चेतना समूहले समाजमा व्याप्त महिला हिंसा र लागु पदार्थ दुव्र्यसनीले परिवार र समाजमा परेको नकारात्मक असर बारे जनचेतनामूलक सडक नाटक प्रर्दशन हो ।

कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहका सचिव ज्ञानु चौधरीले महिला हिंसा र लागु पदार्थको कारण परिवार र समाजमा नकारात्मक असर पारिरहेकाले यस्ता विसङ्गतीलाई न्यूनिकरण गर्न परिवार, समाज र सरोकारवाला निकायको सहयोग आवश्यक पर्ने बताउनु भयो ।

photo20231207kailali (2)

जनकल्याण माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ चौधरीले बाल अधिकार चेतना समूूहद्वारा प्रर्दशन गरिएको सडक नाटकले जनचेतना फैलाउनुको साथै विद्यार्थीहरुको आन्तरिक प्रतिभाको प्रस्फुटनसँगै क्षमताको विकास हुुने बताउनु भयो ।

बाल अधिकार चेतना समूहको संरक्षक शिक्षक सन्तराम चौधरीले बाल अधिकार चेतना समूहद्वारा प्रर्दशन गरिएको सडक नाटकले समाजको यथार्थ चित्रण गरेकाले महिला हिंसा तथा लागु औषध जस्ता अपराधिक गतिविधि न्यूनिकरणका सम्पूर्ण सरोकारवालाहरु सचेत हुन आवश्यकरहेको बताउनु भयो ।

जनकल्याण माध्यामिक विद्यालयको प्रङ्गणमा आयोजित कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

photo20231207kailali

मैनामोती चौधरी