लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम खलंगामा मङ्सि र ९ गते सम्पन्न भएको छ
समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । हरेक हिंसाले समाजमा विभेद, द्वन्द्व ल्याउनुका साथै आपसी सद्भाव र सहकार्य पनि कमजोर बन्दै जाने बताएका हुन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातमा सल्यानको श्रीनगरमा आयोजित प्रभातफेरीका सहभागिहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले हिंसा कुनै बाहिरको व्यक्तिबाट नभई आफन्तबाट नै हुनु दुर्भाग्यपूर्ण भएकाले यसलाई न्यूनीकरण मात्र नभएर जरैदेखि अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘प्रायः महिलाहरू मानसिक, समाजिक, आर्थिक हिंसाबाट पीडित भइरहेका छन्, जसले गर्दा परिवार, समाज र देशलाई नै नराम्रो प्रभाब पारिरहेको छ’ उहाँले भन्नुभयो ।
अहिले पनि समाजमा विभिन्न खाले हिंसा भइरहेको गर्दै उहाँले नगरपालिकाले लैगिंक हिंसा अन्त्य गर्न वडास्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्काले हिंसा हुनु भनेको कानुन उल्लंघन गर्ने कुरा भएकाले कानुन उल्लंघन गरेर अपराधको भागेदारी हुनुभन्दा पहिलेनै सजग हुनु राम्रो उपाय हुने बताउनुभयो । कुनै पनि खाले हिंसा न गर्न र हिंसा हुन नदिन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।
यस्तै गरी, जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन कार्कीले पछिल्लो समय दैनिक रूपमा कुनै न कुनै किसिमको हिंसा हुने गरेको बताउनुभयो । शारीरिक, मानसिक, यौनजन्य, सामाजिक, आर्थिक रूपमा पनि हिंसा हुने गरेको उहाँले बताउनुभयो। श्रीनगर बजारको माथिल्लो प्रहरी पोष्टबाट सुरु भएको प्रभातफेरी तल्लो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।
शारदा नगरपालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, युएसएआइडी एआरएच कार्यक्रम (डिडिएस), सीएमसी नेपालद्धारा सञ्चालित प्रर्वद्धन परियोजना र इन्सेकको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा अधिकारकर्मी मिना बुढाथोकी, इन्सेक जिल्ला प्रतिनिधि बुद्धिमान पुन लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बुद्धिमान पुन
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठकबाट पीडितलाई सहयोग गर्ने निर्णय
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्ष सचिवालयको बैठक ०८१ कात्तिक २१ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ कात्तिक १३ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।…
बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित हिरा फेकनी माध्यमिक विधालयमा ०८१ कात्तिक १२ गते बाल अधिकार सचेतना समूहको कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।…
महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहको सहकार्यमा महिला, दलित, अल्पसङ्ख्यक र वातावरण अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम ०८१ कात्तिक १२ गते चौमालामा…
वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड
वातावरणीय मानव अधिकार रक्षकहरूले वायु प्रदूषण न्यूनिकरण तथा फोहोर व्यवस्थापनमा जोड दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय जनकपुरधामद्वारा गठित वातावरणीय मानव अधिकार समूहको ०८१ कात्तिक…