लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आयोजनामा लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रम ०८० असार ९ गते भेरी नपा–३ स्थित बृद्घाश्रम केन्द्र मा सम्पन्न भएको छ ।
समाजमा व्याप्त समस्याको रुपमा रहेको लैङ्गिक हिंसा न्युनिकरण गर्न सहकर्मी समाजको समन्वयमा इन्सेकले आयोजना गरिएको सचेतना कार्यक्रममा लैंगिक हिंसा के हो यसबाट कस्ता कस्ता असर पर्न सक्छ र कानुनी उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमका सहजकर्ता एवम नेपाल बार एसोसिएसन जाजरकोटका सदस्य सहदेब जंग शाहले लैङ्गिक हिंसा गर्नेलाई कानुनी सजाय, लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी ऐन कानुनका विषयमा छलफल गर्नु भएको थियो । यस्तै उहाँले घरेलु हिंसा कसुर सजाय ऐन महिलामाथि हुर्ने दुव्य यसको नियन्त्रणका बारेमा बताउनु भएको थियो ।
कार्यक्रममा मानव अधिकार रक्षक सञ्जाल जिल्ला संयोजक राजेन्द्रविक्रम शाहले लैङ्गिक हिंसा अहिलेको समाजको मुख्य समस्या रहेकाले यसका बारेमा महिला स्वंयम सचेत हुनका साथै कनै कसैमाथि लैङ्गिक हिंसाका घटना भएमा कानुनी उपचारका लागि न्यायिक निकायमा जानुपर्ने अन्यथा जस्ताे सुकै हिंसात्मक घटनामा मिलापत्र गराउने परिपाटीबाट पनि हिंसा गर्नेलाई प्रोत्साहन मिलिरहेको बताउनु भयो ।
लैङ्गिक हिंसा न्युनिकरणसम्बन्धी कानुनी सचेतना कार्यक्रममा महिला तथा पुरुष समेत गरी २५ जनाको सहभागीता रहेको थियो ।
दिनेश कुमार श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…