लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालमा इन्सेक सदस्य
लैङ्गिक हिंसा नियन्त्रणका लागि जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेकलाई सदस्यमा चयन गरिएको छ ।
जिल्लामा गठन गरिएको सञ्जालमा इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवलाई सदस्यका रूपमा चयन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले कात्तिक २४ गते आयोजना गरेको सञ्जाल गठन कार्यक्रममा इन्सेक प्रतिनिधिसहित २१ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण समिति गठन गरिएको छ ।
जिल्लामा लैङ्गिक हिंसाका घटना भइरहने भएकाले प्रहरी र अधिकारकर्मीको संयुक्त सहकार्य र समन्वयमा समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निराला भण्डारीले बताउनु भयो ।
जिल्लामा मानव अधिकार हनन्, बालबालिका ओसारपसार, मानव बेचबिखन र घरेलु हिंसासम्बन्धीका घटनालाई न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेको इन्स्पेक्टर भण्डारीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा सदस्य सचिव (पदेन) महिला तथा बालबालिका सेवा केन्द्रकी इन्स्पेक्टर निराला भण्डारी रहनु भएको छ ।
समितिले जिल्लामा लैङ्गिक हिंसा नियन्त्रणका लागि अभियान सञ्चालन गर्नेछ ।
जयकृष्ण यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…