लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ ।
इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायधिवक्ता धुर्वकुमार श्रेष्ठले मानव अधिकार सुरक्षित हुन सके र लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी जानकारी भए शान्ति सुव्यवस्था कायम गर्न मद्दत पुग्ने बताउनु भयो ।
मानव अधिकार संरक्षणका लागि इन्सेक र प्रदेश सरकारको साझा उद्देश्य भएकाले आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको उहाँको भनाइ छ ।
मानव अधिकारसँग सम्बन्धित अभियानहरूमा सहकार्य गर्ने भन्दै सहभागीहरूले तालिममा सिकेका ज्ञान र सिपलाई समुदायमा गएर व्यवहारिक रुपमा कार्यान्वयन गनुपर्नेमा जोड दिए ।
तालिमका सहजकर्ता डा.अर्जुन अयडीले मुख्यगरी लैङ्गिक हिंसा तथा जातीय विभेदसँग सम्बन्धित समस्या पहिचान, कानुनी व्यवस्था र प्रक्रियाका तथा समाधानका उपायका बारेमा समेत छलफल भएको बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकसँग सम्बन्धित कानुनको मस्यौदा बनाउने काम भइरहेको हुँदा उक्त कानुन बनाउन मुख्य न्याधिवक्ता श्रेष्ठलाई पहल लिन आग्रह गर्नु भयो ।
तालिम पश्चात सहभागीलाई समुदायमा काम गर्दा आईपर्ने समस्या पहिचान गरी समाधानका लागि उपाय खोज्न र काम गर्न सहज हुने बताउनु भयो ।
तालिममा पाँच जिल्लाका सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेखका सहभागी रहेको अधिकार परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिनु भयो ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय
खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा संविधानमा भएको व्यवस्था र…