लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा मङ्सिर १७ गते “लैंगिंक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता“ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा सडक नाटक प्रदर्शन गरिएको छ ।
नाटकमा अभिभावकहरुले छोरा र छोरीलाई बराबर अधिकार दिनुपर्ने , आफन्तहरूबाट नै विभिन्न प्रलोभन देखाएर बेचबिखनमा महिला तथा बालबालिकाहरू पर्दै आएकाले अभिभावकहरू सचेत हुनुपर्ने ,दाईजो , घरेलु हिंसा, श्रम शोषण र लैंगिक हिंसाले आर्थिक, समाजिकरुपमा असर पर्ने, लैंगिंक विभेदका कारण छोरीहरूल हिंसा भोग्न बाध्य भएकोले लैंगिंक हिंसा न्यूनिकरण गर्न घरदेखि नै सचेतना फैलाउन सबैले हातेमालो गर्नुपर्ने लगायतका सन्देश मूलक सूचना प्रवाह गरेका थिए ।
कार्यक्रममा वडा–१ का कार्यवाहक वडा अध्यक्ष बिष्णु बारीले १६ दिने लैगिंक हिंसा विरूद्धको अवसरमा विद्यालयका बालबालिकाहरूले स्वरुप बदलेर मानव बेचबिखनको समस्या समाजमा बढ्दै गएको सन्देश मूलक सडक नाटक प्रस्तुत समय सान्दर्भिक भएको बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसार तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार अभिलेखः घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम ०८१ भदौ २८ गतेबाट नेपालगञ्जमा सुरु भएको छ । उक्त कार्यक्रममा बोल्दै इन्सेकका…
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वातावरणको सवालमा स्थानीय सरोकारवालासँग सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । रतुवामाई मानवअधिकार समूह मोरङको आयोजनामा मोरङको इटहरामा भदौ २७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रतुवामाई…
मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन
माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ । माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी…
स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८१ भदौ २६ गते स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको…
स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहको समन्वयमा ०८१…