लेकबेशीमा सार्वजनिक सुनुवाइ सम्पन्न
लेकबेशी नगरपालिकाले प्रवाह गर्ने शिक्षा, स्वास्थ्य, खाद्य, तथा आवासको अधिकार र सुविधाको प्रभावकारिता विषयमा चैत २३ गते सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा इएलपी कार्यक्रम अन्तर्गत लेकवेशी नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सम्बन्धमा पहिचान भएका समस्या न्यूनीकरणका लागि नगरपालिकाले प्रतिबद्धता जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख गगनसिं सुनारले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा पहिचान भएका समस्या सम्बोधनका लागि नगरपालिका सकारात्मक रहेको बताउनुु भयो ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सम्बन्धमा नगरपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको भएपनि नगरपालिकामा सीमित स्रोत साधनले अझै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
नगरपालिकाकी उपप्रमुख शान्तीकुमारी छन्तेलले बजार अनुुगमनसँग सम्बन्धित कार्य गरेको भएपनि अझै प्रभावकारी नभएको स्वीकार गर्दै आगामी दिनमा थप प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले सङ्घीय संरचना अनुसार तीन तहको सरकार भएपनि उचित ऐन, कानुन नभएको र कतिपय बनेका कानुन पनि कार्यान्वयनमा जटिलता देखिएको बताउनुु भयो ।
सहभागिले नगरपालिकाले प्रवाह गरेको सेवामा ढिलासुुस्ति भएको गुनासो राखेका थिए । नगरले प्रवाह गर्ने काम चुुस्तदुरुस्त हुनुपर्ने भन्दै नगरको विकासलाई गति दिनुपर्नेमा उनीहरूले जोड दिए ।
पूर्णबहादुर खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय समितिको सभाहल ललितपुरमा सम्पन्न भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सप्तरीमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा असार १६ गते अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि असार १५ गते बीरगंजमा सम्पन्न गरिएको छ । जिल्लामा पछिल्लो ६…
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को अर्धवार्षिक पूर्व समीक्षा ०७९ असार १५ गते चरिकोटमा सम्पन्न भयो । इन्सेक प्रतिनिधि उद्धव पोखरेलले सन् २०२३…
वार्षिक कार्यक्रम समीक्षा सम्पन्न
इन्सेक केन्द्रीय कार्यालयको आयोजनामा भएको दुई दिने केन्द्रीय वार्षिक समीक्षा कार्यक्रम असार १५ गते समापन भएको छ कार्यक्रममा सातै प्रदेशमा गरिएका तीन वर्षे कार्यक्रमका उपलब्धिको समीक्षा सहितको प्रस्तुति प्रदेश कार्यालयका…