लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नेपालगञ्जमा असार १५ गते आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले इन्सेक लुम्बिनी प्रदेशमा सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुने अधिकारका चार वटा, हत्या, हत्याप्रयासका १६ वटा, बाल अधिकारका १ सय १८, कुटपिटका आठ वटा, अपहरण एक , बेपत्ता दुई, अमानवीय व्यवहारका १८, जातीय विभेद एक र महिला अधिकारका ७ सय १३ वटा गरी ८ सय ८१ वटा घटना भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले इन्सेकले लामो समयदेखि नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत मानव अधिकारको अवस्थाको विश्लेषण गर्ने गरेको बताउदै मानव अधिकारको दृष्टिकोणले आफू र आफ्नो कार्यालयबाट हुने सेवा र अधिकारका विषयमा सम्वेदनशीलतामा प्रतिबद्ध रहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले बालबालिका र महिला अधिकार सम्वेदनशील रहेकोले मानव अधिकारको सिद्धान्तलार्ई आत्मसाथ गर्दै कामकारबाही गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी प्रमुख द्वारीका अधिकारीले मानव अधिकारका घटना मध्ये महिला र बालिकाहरूको घटना बढी आउने गरेकोले सम्बन्धीत निकायमा कानुन बमोजिम न्याय प्रक्रियाकालागि पहल गर्न सहयोग गर्ने गरेको बताउदै इन्सेकले अभिलेख गरेको मानव अधिकार उलङ्घनका घटनाको तथ्याङ्कले मानव अधिकारको अवस्थालाई देखाएको बताउनु भयो ।
अभियान नेपालकी प्रमुख कमला पन्तले इन्सेकको तथ्याङ्कले सरकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्नेलाई मार्ग निर्देशन गर्ने गरेको बताउदै सरकारको दायित्व भित्र पर्ने भए पनि सरकारसँग यस्ता तथ्याङ्क नपाउनु दुखद भएको बताउनु भयो ।
पन्तले इन्सेकले समेटेको घटना प्रकृतिहरूमा बैदेशिक रोजगारमा भएका महिला हिंसा र मनोरञ्जनको क्षेत्रमा हुने मनोसामाजिक हिंसाका घटना पनि समेट्नुपर्ने सुझाव दिनु भयो ।
प्रध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णले संविधानमा उल्लेखित मौलिक हकमा राज्यले दिने सेवाबाट वञ्चित भएका विषय र सेवा प्रवाहका विषयहरूलाई पनि पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नुपर्ने सुझाव दिनुभयो ।
कमिट नेपालका केशव नेपालीले सीमान्तकृत समुदायलाई मानव अधिकारको पहुँचमा पुग्न नसकेको अवस्था रहेको भन्दै विभिन्न स्थानमा मनोसामाजिक विभेद भोगिरहेको बताउनु भयो ।
कार्यक्रममा इन्सेक नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भयो ।

लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व धादिङमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक धादिङ जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व नुवाकोटमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नुवाकोट जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका…
मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूको संयुक्त आयोजनामा ०८० मङ्सिर २४ गते विहान जनकपुरधाममा प्रभात फेरीको आयोजना गरिको छ । भविष्यमा मानव अधिकार संस्कृतिलाई एकिकृत…