लाभाग्राही सूचीमा भएको त्रुटि सच्याउन माग
देउरालीका भूकम्प पीडितहरुले वास्तविक भूकम्प पीडितको नाम लाभाग्राही सूचीमा छुटेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
भदै २८ गते मानव अधिकार सञ्जाल गोरखा र इन्सेक गोरखाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले वास्तविक भूकम्प पीडितको नाम लाभग्राही सूचीमा छुटेको भन्दै त्यस्तो त्रुटि तत्काल सच्याउन ध्यानाकर्षण गराएका हुन् ।
देउराली गाविसका ८ सय ७१ जना भूकम्प पीडितको लाभाग्राही सूचीमा नाम प्रकाशन भएको गाविस सचिव पुर्णबहादुर खत्रीले जानकारी दिए । ‘५ सय ७० जनाले भूकम्प पीडित लाभाग्राही सुचिमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भर्नुभएको छ ।’– खत्रीले भने ।
देउराली–७ का गोपाल विकले किस्ताकिस्तामा रकम उपलब्ध गराउने सरकारी निर्णय अव्यवहारिक भएको भन्दै असन्तुष्टि जनाए । ‘भूकम्प गएको १५ महिनासम्म सरकारको बाटो हे¥यौँ, कहिले सेतो कार्ड त कहिले रातो कार्ड बाहेक अहिलेसम्म केही पाएनौँ’–विकले भने ।
कार्यक्रममा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले भूकम्प पीडितको समस्या समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्न भूकम्प प्रभावित १४ जिल्लामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जबाफ दिँदै पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यलय गोरखाका निमित्त प्रमुख राजकाजी श्रेष्ठले वास्तविक पीडितलाई अनुदान रकम उपलब्ध गराउने बताए ।
‘वास्तविक पीडित कोहि छुट्नुहुँदैन र छुट्दैनन् पनि ।’–श्रेष्ठले भने–‘पहिलो किस्ता ४५ दिन भित्र भूकम्प पीडितको खातामा उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणा अनुसार तीव्र गतिमा काम गरिरहेका छौँ ।’
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अनियमित रूपमा नक्कली भूकम्प पीडितले रकम लिएको भए फिर्ता गर्नुपर्ने बताए । जिल्लामा सङ्कलित भूकम्प पीडितका गुनासो पुनर्निर्माण प्राधिकरणमा पठाइसकिएको र अहिले रुजु गर्ने काम भइरहेको पनि शर्माले जानकारी दिए ।
हरिराम उप्रेती
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…
गण्डकीमा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा माघ ८ गते पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका…