लाभग्राही परिचय पत्र वितरणमा पक्षपात गरेको भूकम्पपीडितको आरोप
तथ्याङ्क विभागले भूकम्पपीडित लाभग्राही परिचय पत्र वितरणमा लापरबाही र पक्षपात गरेका कारण वास्तविक पीडितको नाम छुटेकोले सबै पीडितको नाम समावेश नभएसम्म अनुदान सम्झौता नगर्ने भूकम्पपीडितहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाले भदौ १ गते चरिकोटमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सहभागी भूकम्पपीडितहरूले यस्तो बताएका हुन् ।
भिमेश्वर नपा-१० का ज्ञानबहादुर श्रेष्ठले छुटिभिन्न नभएका र विवाह नगर्नेको नाममा समेत लाभग्राही परिचय पत्र आएको तर वास्तविक घरधुरी छुटेकोमा नगरपालिकाले लाभग्राही परिचयपत्र वितरणका समयमा कम ध्यान दिएको आरोप लगाए । त्यसैगरी वडा नं. १ का नीलबहादुर श्रेष्ठले स्थानीय निकाय नभएको समयमा राजनीतिक संयन्त्रलाई बेवास्ता गर्दा धेरै घरधुरी छुट भएकोले सबै पीडितलाई परिचय पत्र दिलाउन नगरपालिकाले प्रयत्न गर्नुपर्ने बताए ।
भीमेश्वर नपा-९ का चन्द्रबहादुर थापाले भने-'अन्यत्र घर हुनेको र पहुँचवालाको सगोलको एकै परिवारको पाँच जनाको समेत लाभग्राही परिचय पत्र बनेको तर सामान्य वास्तविक पीडितको छुटेको छ । त्यसलाई कसरी समावेश गर्ने ?’
भीमेश्वर नगरपालिकाका इञ्जिनियर रामजी थापाले नगरपालिका निर्देशन कार्यान्वयन गर्ने निकाय रहेको, ४ हजार ३५ घरधुरी नगरापालिकामा छुट भएको भनी गुनासो फाराम आएकोले अबको एक महिनाभित्र निर्णय गरी वास्तविक भूकम्प पीडितलाई समावेश गर्न प्रयत्न गरिने जानकारी दिँदै तथ्याङ्क विभागले घरधुरी सर्भेक्षण गर्ने काममा नगरपालिकालाई बेवास्ता गरेको कारण बास्तविक पीडित छुटेको बताए ।
एमाले जिल्ला नेता तथा पूर्व जिविस सदस्य भरत केसीले छुट भएका घरधुरी कायम गर्न सबै राजनीतिक दलले प्रयत्न गर्ने, वास्तविक घरधुरीको तथ्याङ्क समावेश नभएसम्म सबै घरधुरीको अनुदान सम्झौता रोकिनुपर्ने, तथ्याङ्क संकलनकर्तालाई कारबाही हुनुपर्ने बताए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…