लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न माग
भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेका पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न शिवपुरी गाउँपालिका-७ का सरोकारवालाहरूले माग गरेका छन् ।
चैत २ गते शिवपुरी गाउँपालिका-७ सुनखानीको ढलानघरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र रूडेक नेपालको सहकार्यमा 'भूकम्पपछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाविसका प्रतिनिधि र भूकम्प पीडितहरूले छुटमा परेकाहरूको गुनासो सम्बोधन गर्न माग गरेका हुन् ।
साविकको गाविसका प्राविधिक सहायक नारायण पाण्डेले ९८ जनाको लाभग्राही छुटको गुनासो दर्ता गरेकोमा ६ ओटाको मात्र सुनुवाइ भएकोले बाँकी ९२ जना लाभग्राहीको अन्यौल कायम रहेको बताए । 'वास्तविक पीडितहरू छुटेको र उनीहरूको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बोधन भएर नआउँदा समस्या भएको छ ।'-उनले भने-'उनीहरूले पटक पटक हामीलाई सोध्छन् । जबाफ के दिने ? कहिलेसम्म हुने हो सरकारले निक्र्यौल गर्नु पर्यो ।'
नेकपा एमालेका अध्यक्ष कृष्णप्रसाद पाण्डे र नेपाली कङ्ग्रेसका सभापति माधवप्रसाद भेटवालले सरकारले पठाएका प्राविधिकहरूको कमजोरीका कारण अहिले पनि भूकम्प पीडितहरू पीडित भइरहनु परेकोले छुटलाई तत्काल लाभग्राहीको सूचीमा समेट्न आग्रह गरे ।
स्थानीय जलेश्वर प्राविका प्रधानाध्यापक चोकमाया गुरूङले साँच्चै भूकम्प पीडितको नाम छुट्ने र घर नभत्केकाहरूको नाम भने सूचीमा आएकोले पीडितहरू झनै पीडित हुनु परेको बताइन् ।
सुनखानीमा ६ सय ३१ घर लाभग्राहीको सूचीमा परेको थियो । अहिलेसम्म पहिलो किस्ता सूचीमा परेका सबैले प्राप्त गरिसकेका छन् । सुनखानीमा ३५ ओटा मात्र नयाँ घर निर्माणको चरणमा छन् भने थप ५० ओटाको जग खन्ने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका इन्जिनियर रिवज खत्रीले बताए ।
दक्ष कामदारको अभाव, निर्माण सामग्रीको अभाव र पीडितसँग घर बनाउन आवश्यक रकम नहुँदा नयाँ घर बनाउने कामले तीव्रता नलिएको खत्रीले बताए । उनले भूकम्पीय जोखिमबाट मुक्त घर बनाउनको लागि स्थानीय सामग्री नै प्रयोग गरी पुरानै शैलीको घरसमेत निर्माण गर्न सकिने भएकोले आफ्नो क्षमता अनुसारको घर मापदण्डमा रहेर निर्माण गर्न पनि आग्रह गरेका छन् ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…