लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया

  ०७३ चैत २३ गते

इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

Photo20170406Kanchanpur

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर कृष्णानन्द भट्टले लागुपदार्थ नियन्त्रणका लागि युवा समूह र इन्सेकसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय स्तरमा युवाहरूलाई दुर्व्यसनी तथा लागुपदार्थ सेवनको जोखिमबाट बचाउ गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा युवा दुर्व्यसनी तथा लागुपदार्थले पारेका प्रभाव र नियन्त्रणका लागि समाधानका उपायहरूबारे सरोकारवालाबिच छलफल गरिएको थियो।

कोमलनिरन्जन भाट