लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक

इन्सेकद्वारा गठित प्रगतिशील सुर्यज्योती बाल अधिकार समूह, बराहताल मानव अधिकार समूह र सुर्यज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका– ७ लामाखालीको समन्वय जेठ १६ गते बराहताल–७ लामाखालीमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

समाजमा लागुपदार्थका कारण विभिन्न किसिमका घरेलु हिंसा, अपराधिक घटना बढ्दै गएकोले यसको न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको हो । सडक नाटक कार्यक्रममा बोल्दै बराहताल गाउँपालिका –७ का वडा अध्यक्ष कुलबहादुर बुचाले नाटकले समाजमा रहेको जल्दोबल्दो समस्यालाई उतारेको बताउनुभयो । ‘हामी स्थानीय सरकारले गर्नुपर्ने काम विद्यार्थीको अगुवाइमा इन्सेकले गरेको छ, त्यसका लागि धन्यवाद दिनु भयो,‘वडाअध्यक्ष बुचाले भन्नुभयो, ‘अबका दिनमा यो अभियानलाई वडाले पनि निरन्तरता दिने छ ।’

उहाँले बालबालिकालाई यस्तो अवस्थामा फस्न नदिनको लागि अभिभावकको प्रमुख भूमिका हुने र समाजलाई सचेत पार्न आवश्यक रहेको पनि उल्लेख गर्नु भयो ।

विद्यालयको प्राङ्गणमा प्रस्तुत गरिएको सटक नाटकमा सम्झना बिक, विनोद बिक, हिमा बिक, अनिता बिक, बिनोद बिक जीवन बिक झरना बिक र तेज बहादुर बिकले अभिनय गरेका भने सडक नाटकको सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

सडक नाटक प्रदर्शन कार्यक्रममा १ सय ५० जना भन्दाबढी बालबालिका, स्थानीयबासी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र शिक्षकहरुको उपस्थिति रहेको थियोे ।

Photo20240520Surkhet (4)

Photo20240520Surkhet (1)

Photo20240520Surkhet (2)

Photo20240520Surkhet (3)

 

जगतदल जनाला विक