ललितपुरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मङ्सिर २६ गते महालक्ष्मी नगरपालिकाको लुभुमा भूकम्पपीडितहरूको अवस्था र पुनर्निर्माण अभियानबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिकाको संयुक्त वडा कार्यालय लुभुमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
विनाशकारी भूकम्पपछि भत्किएका घर पुनर्निर्माण गर्न नक्सा नभएको, सडक फराकिलो बनाउने मापदण्डभित्र भूकम्पले भत्काएका घर परेकोले झन् समस्यामा परेको, राहत मुख्य पीडितसम्म पुग्न नसकेको, सरकारी निरीक्षण प्रभावकारी नभएको, भूकम्पबाट जग्गाको नापी नाक्सा नहुँदा सरकारी अनुदानबाट वञ्चित हुनु परेको, सरकारले दिने भनेको अनुदानमा ढिलासुस्ती भएको, सरकारले खटाएको प्राविधिकहरू पीडितमैत्री र पारदर्शी नभएकोलगायतका विषयमा कार्यक्रमका सहभागीहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ५, ६, ७ र ८ का संयुक्त वडा कार्यालय लुभुका प्रमुख जीतलाल श्रेष्ठले भूकम्पपीडितले उठाएका चार किसिमका समस्याहरू जग्गाधनी प्रमाण पुर्जा, गुठी जग्गामा बनाएको घरको समस्या, मोहीको जग्गामा बनाएको घर र एउटै पुर्जामा चार/पाँच जनाको फोटो टाँसले समस्या भएको गुनासोहरूलाई सम्बन्धित निकायसम्म पुर्याई समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई सिफारिस गरी सकेकोले छिट्टै सही परीणाम आउने बताए ।
सरकारको 'एक घर एक क्षतिपूर्ति'को नीतिले परिवारमा झगडा सृजना भएको, लागत सङ्कलन छुटेको, पुर्जा भएकोलाई मात्र पुनर्निर्माणको लागि अनुदान दिने निर्णयको भूकम्प पीडित सुकुम्बासीमा परिणत हुनु परेको विषयले जटिलता पैदा गरेकोसमेत सहभागीहरूले बताएका छन् ।
रामकुमारी श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…