ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले भदौ १० गते ललितपुरको हरिसिद्धीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मानव अधिकारमैत्री वातावरणका लागि उतरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण अभियानका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका सहभागीहरुले विनासकारी भूकम्पपछि बाँडिएको राहत मुख्य पीडितसम्म पुग्न नसकेको, सरकारी निरिक्षण प्रभावकारी नभएको, भूकम्पपीडित कार्डमा विभेद गरिएको, जग्गाको नापनक्सा नहुँदा सरकारी अनुदानबाट वञ्चित हुनु परेको, विभिन्न सङ्घसंस्थाले बाँडेको राहतमा नाम टिपेर लगे पनि समान वितरण नगरेकोलगायतका गुनासो गरेका थिए ।
भूकम्प पीडितलाई दिने भनेको राहतको बारे पर्याप्त जानकारी नपाएको, अनुगमन प्रभावकारी नभएको, सरकारले नापनक्साको र सडकको मापदण्डको विषयले आफूहरू झन् समस्यामा पर्ने बताउँदै सरकारले दिने भनेको रकम एकमुष्ठ रूपमा दिनुपर्ने कार्यक्रममा सहभागी पीडितहरूले माग गरेका छन् ।
कार्यक्रममा ललितपुरको ललितपुर उमनपा वडा नं २९ र ३० संयुक्त वडा कार्यालयका सचिव सानुबावु सिलवालले पीडितहरूले उठाएका गुनासोहरूलाई सम्बन्धित निकायसम्म पुर्याई समस्या समाधानका लागि आफूले पहलकदमी लिएर कामगर्ने बताएका थिए ।
इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रलेख अधिकृत राजु पासवानले एक महिनाभित्र लागत सङ्कलन गर्ने कार्यका लागि र लाल पुर्जा नभएका पीडितहरूसँग अनुदान सम्झौतामा सहजीकरणका लागि वडा कार्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…