रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रूपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ ।
कार्यक्रममा रूपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले पालिकामा भएका सेवा र गतिविधि पारदर्शी रहने गरेको बताउनुभयो ।
प्रविधिमैत्री शिक्षामा पालिकाले जोड दिएको बताउदै विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्न आवश्यक पुर्वाधार र सामाग्री व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
उहाँले कृषिलाई व्यवसायिक बनाउन एक घर एक करेसाबारी, हरेक किसानको घरघरमा सेवा प्रवाह गरिदै आएको बताउनुभयो ।
उत्पादन भएका तरकारीहरु खेर नजान दिनका लागि पालिकामा कोल्ड स्टोर सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
रुपा अस्पतालका प्रमुख डा. ऋषिराज अधिकारीले कोभिड १९ सङ्क्रमणपछि रुपा स्वास्थ्य चौकीलाई आवश्यक उपकरणहरु प्रबन्ध गरी अस्पतालको रुपमा अगाडि बढाइएको बताउनुभयो ।
उहाँले अस्पतालबाट करिब २ हजार जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी गराउनुभयो ।
उहाँ अनुसार अस्पतालले नेपाल सरकाले उपलब्ध गराएका औषधि बाहेक आवश्यकताका आधारमा अन्य औषधि पनि निःशुल्क प्रदान गर्दै आइरहेको छ ।
रुपा गाउँपालिका प्रशासन प्रमुख लोकनाथ पौडेलले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई कसरी नागरिकहरुलाई सहज रुपमा प्रदान गर्न सकिन्छ भन्ने विषयमा पालिका सचेत रहेको बताउनुभयो ।
शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले अन्तरक्रियाबाट आएका गुनासोलाई पनि सम्बोधन गर्ने गरी आगामी कार्यक्रमहरु तय गरिने भनाई राख्नुभयो ।
पशु सेवा शाखाका अधिकृत बिमल सुवेदीले नागरिकहरुलाई सेवा प्रवाहमा सहज महशुस गर्ने गरी घरमै पुगेर पशु सेवा प्रदान गरिदै आएको बताउनुभयो ।
पशु नश्ल सुधार अन्तरगत वार्षिक ४ सय भन्दा बढी कृत्रीम गर्भादान गरिदै आएको उहाँले जानकारी दिनुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले नागरिकका अधिकारका सवालमा निरन्तर काम गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भौतिक विकास मात्रै नभइ मानवीय विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।
इन्सेकद्वारा रुपा गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहका अध्यक्ष तिलबहादुर खड्काले नागरिकलाई आफ्ना अधिकारका बारे सुसूचित गराउन समूहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
मानव अधिकार समूह सदस्य शर्मिला खनालले मानव अधिकार समूह गठनपछि नागरिकहरुले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा सचेत बन्न लागेको बताउनुभयो ।
उहाँले पालिकाको तर्फबाट नियमित रुपमा अनुगमन हुन आवश्यक रहेको बताउनुभयो ।
समूहकै सदस्य देवि न्यौपानेले इन्सेकको कार्यक्रमका माध्यमबाट समाजमा बाहिर निस्केर अधिकारका बिषयमा बोल्न सक्ने बनेको बताउनुभयो ।
खाद्यान्न खरिद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेर्ने बानीको विकास भएको उहाँको भनाइ थियो ।
पालिकाबाट प्रवाह हुने सेवाबारे नागरिकहरुले नै थाहा नपाउने अवस्था रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजान उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका एक सहभागी खस बहादुर गुरुङले अशक्त र अपाङ्ग नागरिकहरुले सहज रुपमा सेवा लिन सक्ने अवस्था नरहेको बताउदै त्यसलाई सुधार गर्न ध्यानाकर्षण गराउनुभयो ।
इन्सेक रुपा गाउँपालिका सहजकर्ता तिर्सना तिमिल्सिनाले वडा तहमा कार्यक्रम सञ्चालन गरेर त्यहाँबाट उठेका समस्यालाई समाधानका लागि गाउँपालिकामा जानकारी गराउने काम गर्दै आइरहेको बताउनुभयो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा आत्मरक्षा विषयक तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम जेठ १३ गते वीरेन्द्रनगरमा सुरु भएको छ । तालिम उदघाटन सत्रमा कर्णाली प्रदेश…
मानव अधिकार समूह सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको सहकार्य र मानव अधिकार समूह राप्तीसोनारी गाउँपालिकाको आयोजनामा वडा स्तरीय मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम जेठ ११ गतेका सम्पन्न…
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…