अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मानव अधिकार, महिला अधिकार र स्थानीय सरोकारहरूसँग छलफल कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले इन्सेकको सहकार्यबाट शिवपुरी गाउँपालिकाका दुई ओटा वडाबासीले पाएको ज्ञान गाउँपालिकाको सम्पत्ति भएको बताउनु भएको छ ।
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण (रिन्यु) परियोजनाको वार्षिक समीक्षा कार्यशालामा अध्यक्ष थपलियाले उक्त भनाई राख्नु भएको हो । परियोजना सञ्चालनको अवधिमा इन्सेकले मानव अधिकार, महिला अधिकार, ज्येष्ठ नागरिकको अधिकार, बाल अधिकार लगायतका विभिन्न अधिकार र कानुनी विषयमा शिवपुरीका नागरिकलाई प्रशिक्षित बनाएको उल्लेख गर्दै अध्यक्ष थपलियाले भन्नुभयो, ‘यो ज्ञानलाई हामीले सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ । यो ज्ञान समुदायमा फैलाउन सबै सक्रिय भएर लाग्नु पर्दछ ।’
अध्यक्ष थपलियाले राज्यले बनाएका ऐन नियम र अधिकारहरूलाई समुदायसम्म पुर्याउनको लागि सङ्घसंस्थाको भूमिका अग्रणी रहने बताउनु भयो । अध्यक्ष थपलियाले गाउँपालिकाले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूको लागि नसर्ने रोगको १६ थरी औषधि निशुल्क वितरण गरिरहेको र अब ४० थरी औषधि वितरणको तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।
उक्त डब्लुपीडी नेपाल र इन्सेकको सहकार्यमा सञ्चालित परियोजनाको समीक्षा कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष वीरबहादुर तामाङ र वडा नं. ८ का वडाअध्यक्ष केशवप्रसाद रिजालले परियोजनामार्फत नागरिकहरूलाई अधिकारको विषयमा सचेतीकरण गराएर सह्रानीय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा शिवपुरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनेश अधिकारीले शिक्षाको अधिकारलाई घरघरमा पुर्याउनको लागि समुदायको सक्रियताको आवश्यकता पर्ने बताउनु भयो ।
कार्यक्रममा डब्लुपीडी नेपालको फिल्ड सुपरभाइजर कमला थपलियाले परियोजना सकिने चरणमा पुगे पनि परियोजनामार्फत प्राप्त ज्ञानलाई दैनिक जीवनमा उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा इन्सेकले परियोजना अवधिभर सञ्चालन गरेको गतिविधिहरूको कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभएको थियो ।
समीक्षा कार्यक्रममा दुई ओटा वडाको १५ ओटा महिला समूहका प्रमुख तथा प्रतिनिधिहरूले आफूले परियोजनामार्फत सिकेका कुराहरू प्रस्तुत गरेका थिए । थानापति महिला समूहकी सुनिता पाण्डे, भीमसेनस्थान महिला समूहकी प्रमिला नेपाली, जुनतारा महिला समूहकी मनिष वि.क., वनदेवी महिला समूहकी जमुना ठकुरी, लक्षित महिला समूहकी लक्ष्मी पाठक, सयपत्री महिला समूहकी जुनुकुमारी तामाङ, ग्रामीणदेवी महिला समूहकी पुष्पा भेटुवाल, दुईकन्या महिला समूहकी कमला तामाङ, पाँचकन्या महिला समूहकी पार्वती तामाङ, गैराबारी महिला समूहकी दीपा डङ्गोल, बाईसुन्दरा महिला समूहकी रञ्जना वि.क., गोदावरी महिला समूहकी कमला तामाङ र प्रगतिशील महिला समूहकी सिर्जना डङ्गोलले समीक्षात्मक प्रस्तुति गर्नुभएको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार समूह, निड्स नेपाललगाायतका संघसंस्थाहरुको संयूक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर १७ र १८ गते सडक…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
माछापुच्छ्रे गाउँपालिका– ३ घाचोकमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित माछापुच्छ्रे मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर १८ गते सम्पन्न भएको छ । कार्यक्रममा…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन
मध्यविन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयमा इन्सेकद्वारा गठन भएको बाल अधिकार समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १६ गते विद्यालय परिसरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो…
मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा कास्की को मादी गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका साथै नवलपुरको देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकामा गठित मानवअधिकार समूहको प्रदेशस्तरीय परिचालन बैठक ०८० मङ्सिर १६ गते…
लैगिंक हिंसा विरूद्धको अभियानको अवसरमा मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी सचेतना मूलक सडक नाटक प्रदर्शन
कपिलवस्तु नगरपालिका– ३ स्थित श्री यशोधरा मावि तौलिहवामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह र मानव अधिकार समूह कपिलवस्तुको आयोजना , कपिलवस्तु नगरपालिका– १ र ३ को वडा कार्यालयको समन्वयमा…