राष्ट्रिय मानव अधिकार आयोगद्वारा 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' को अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडे र सहायक प्रथम माया गैरेले इन्सेक लुम्बिनी प्रदेश कार्यालयले जानकी गाउँपालिका–३ मा निर्माण गरेको 'मानव अधिकार सूचना तथा स्रोत केन्द्र' भवनको ०८१ मङ्सिर ३० गते अनुगमन गरेका छन् ।
इन्सेकले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि काम गरिरहेका व्यक्ति र संस्थाहरूलाई सहयोग र स्रोतहरू उपलब्ध गराउने उद्देश्यले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको निर्माण गरिएको इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले अनुगमन टोलीलाई जानकारी गराउनु भयो । उहाँले मानव अधिकार सूचना तथा स्रोत केन्द्र मानव अधिकार रक्षकका लागि अनलाइन प्लेटफर्मका साथै अनुसन्धान गर्न, प्रशिक्षण सामग्री प्राप्त गर्न, केस स्टडी र अन्य सान्दर्भिक जानकारीहरू प्राप्त गर्न उपयोगी हुने उल्लेख गर्नुभयो । संयोजक महतले मानव अधिकार स्रोत केन्द्र मानव अधिकार उल्लङ्घनबाट पीडित व्यक्ति र समुदायहरूलाई कानुनी सल्लाह, परामर्शका लागि महत्त्वपूर्ण स्थान हुने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले लामो समयदेखि लुम्बिनी प्रदेशका द्वन्द्वकालीन घटनाको अभिलेख राखेको र सोको विषयमा आफूहरू जानकारी लिन आएको राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका मानव अधिकार अधिकृत यशोदा बन्जाडेले बताउनु भयो । इन्सेकले राखेको अभिलेखबाट तत्कालीन परिस्थितिलाई बुझ्न सहज हुने भएकोले आफूहरू आएको उहाँको भनाइ छ ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग, केन्द्रीय कार्यालयका सहायक प्रथम माया गैरेले २०६२ सालदेखि सङ्क्रमणकालीन न्यायको विषय तथा द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न विभिन्न चरणमा छलफल गर्दै, बिस्तृत शान्ति सम्झौता अनुसार सङ्क्रमणकालीन न्यायलाई प्राथमिकतामा राखेर काम गर्न दबाब दिएको भए पनि राज्यले कानुन अनुसारको जिम्मेवारी पुरा गर्न नसकेको बताउनु भयो ।
अनुगमनका टोलीले मानव अधिकार सूचना तथा स्रोत केन्द्रको अनुगमन गरी इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको बारेमा जानकारी समेत लिएका थिए ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…