राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न भएको छ ।शम्भुनाथ नगरपालिका–३ स्थित रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित उज्जवल भविष्य बाल अधिकार सचेतना समूह र डाक्नेश्वरी नगरपालिका–१० स्थित हिरा फेकनी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान गरेको हो ।
बालविवाहमुक्त समाज निर्माणका लागि इन्सेकको सहयोगमा सचेतना समूहले प्रभात फेरी गर्दै बालविवाह नगर्ने र अरुलाई पनि नगर्न अनुरोध गरेका छन् । बालबालिकाको आग्रहमा अभिभावकहरूले पनि छोराछोरीको बालविवाह नगराउने प्रतिबद्धता गरे ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए । सहभागीहरूले बालविवाहले गर्दा धेरै किसिमका बाल अधिकार हनन् हुने र हिंसामा पर्ने भन्दै सभ्य र सुसंस्कृत समाजका लागि बालबालिकाको भविष्य सुरक्षित गर्न बालविवाह रोक्नु पर्नेमा जोड दिए । उनीहरूले बाल अधिकार संरक्षण तथा सम्बद्र्धनका लागि ऐन, कानुन, नीति, नियम र कार्यविधिहरूको प्रभावकारी कार्यान्वयन गर्नु पर्ने धारणा राखे ।
यसैगरी जिल्लाको विभिन्न पालिकामा कार्यपालिका, गैर सरकारी संस्था र विद्यालयहरूले विभिन्न सचेतनामूलक कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएका छन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान को अवसरमा कावासोतीमा सामुदायिक वनमा लैङ्गिग हिंसाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम २०८० मङ्सिर २३ गते सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…