राष्ट्रिय बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा बटेश्वर गाउँपालिकाको शिवशक्ति नमुना माध्यमिक विद्यालय, मिथला नगरपालिका, नक्टाझिजकाको जनता माध्यमिक विद्यालय र बाल अधिकार सचेतना समूहले भदौ २९ गते आयोजना गरेका थिए । सो अवसरमा विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच अन्तर्क्रिया कार्यक्रमको भएको थियो ।
श्री शिवशक्ति नमुना माध्यमिक विद्यालय बटेश्वरको व्यवस्थापन समितिका अध्यक्ष बिन्दी लाल महतोले “जब बालक जन्मन्छ तब ऊ आफ्नो अधिकारमा रमाउन चाहन्छ, शिक्षा, स्वास्थ्य, पौष्टिक आहार, अनुकूल वातावरण आदि उसका नैसर्गिक अधिकारहरू हुन्” भन्नु भयो । साथै “बालबालिकाहरू भविष्यका कर्णधार भएकोले उनीहरूको सर्वाङ्गिण विकास बिना देश विकासको परिकल्पना गर्नु निरर्थक रहेको उहाँले भन्नु भयो ।
त्यसैगरी, श्री शिवशक्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाष कुमार कर्णले “बालदिवसलाई औपचारिकता मात्रै हैन उनीहरूलाई भित्रैबाट बुझ्नु जरुर छ, भोका र नाङ्गा कैयौं छन्, बेलैमा औषधि उपचार नपाएर संसार छोडेका कैंयौं छन्, एक पटक ती बालबालिका मेरा छोराछोरी हुन् भनेर सोचौ, बल्ल सही नीति नियम बन्ने छन् र बालबालिकाका लागि छुट्याइएका बजेटको दुरुपयोग हुने छैन” भन्नु भयो ।
सोही विद्यालयमा अध्ययनरत कक्षा नौ की शर्मिला कुमारी महतोले “सम्पूर्ण अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई नेपाली भाषा, संकृति तथा मुल्यमान्यता सिकाउन विद्यालय पठाउनुपर्छ” भन्नु भयो ।
कर्यक्रममा श्री जानता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानध्यापक महेन्द्र महतोले “बाल अधिकार संरक्षण तथा सम्बर्द्धनका लागि नीति नियम तथा ऐन कानुन, कार्यविधिहरू निर्माण भएतापनि कार्यान्वयनकोे तहमा कहाँनिर कमीकमजोरीहरू रहेका छन् राज्य, नागरिक समाज तथा संघ संगठन सबैले समीक्षा गर्न जरुरी छ” उहाँले भन्नु भयो । सोही अवसरमा बालविवाहमुक्त समाज निर्माणकालागि हस्ताक्षर संकलन पनि गरिएको थियो ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…