राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम
“बालबालिकामा लगानिः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा नगरस्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन भएको छ ।
प्रतियोगितामा सामुदायिक विद्यालयको तर्फबाट श्री जनता माध्यमिक विद्यालय नक्टाझिज, श्री सार्वजनिक माध्यमिक विद्यालय बेंगाडावर, श्री आदर्श माध्यामिक विद्यालय लालबन्दी, श्री माध्यमिक विद्यालय तुलसी, श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवर र निजी विद्यालयको तर्फबाट सनफ्लावर इङ्लिस सेकेण्डरी स्कुल बेंगाडावर, न्यू होरिजन इङ्लिस सेकेण्डरी स्कुल बेंगाडावर, श्री विनायक इङ्गिलस सेकेण्डरी स्कुल ढल्केवर, चिल्ड्रेन गार्डन् सेकेण्डरी स्कुल ढल्केवर गरी जम्मा नौ ओटा विद्यालयको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय नक्टाझिज प्रथम, महेन्द्र माध्यमिक विद्यालय ढल्केबर दोस्रो, न्यू होराइजन इङ्गिलस बार्ेडिङ्ग स्कुल बेगांडावर तेस्रो हासिल गरेका थिए र चिल्ड्रेन गार्डेन ईङगिलस बोडिङ्ग स्कुल ढल्केबरले चौथो स्थान ल्याएका थिए ।
मिथिला नगर बाल संजाल ढल्केवरको आयोजना तथा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ढल्केबर, टिपिओ नेपाल र मानवअधिकार रक्षकको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको सहयोग तथा सहकार्यमा महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको संजालकी उपाध्यक्ष बन्दना यादवले बताए ।
कार्यक्रमका प्रमुख अतिथि मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले “हाजरी जवाफ प्रतियोगिता जस्ता क्रियाकलापले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने र विधार्थीहरूको क्षमता अभिवृद्धि हुने” भन्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले “हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थी बालबालिकाहरूलाई पढाई प्रति उत्साह थप बढ्ने र उनीहरूलाई दैनिक जीवनमा आइपर्ने कामहरूलाई सजिलो ढङ्गले निर्वाह गर्न मद्दत पुग्ने” कुरा व्यक्त गर्नुभयो ।
मिथिला नगर बाल संजालका अध्यक्ष दिपेश कुमार सिंहले “बालबालिकाहरूको लागि छुट्याइएको बजेटमा कुनै पनि तवरले बजेट कटौती नगरी बालबालिकाको क्षेत्रमा सदुपयोग गर्न नगरपालिकासँग अपिल गरेका थिए । साथै देशको मेरुदण्ड आजका बालबालिका रहेकोले भावी पुस्तका सन्ततिलाई योग्य र सक्षम बनाउन बालबालिकाहरूको क्षेत्रमा सबैभन्दा बढि बजेट छुट्याएर अगाडि बढ्न” नगरपालिकासँग अपिल गरेका थिए ।
त्यस्तै कार्यक्रममा मिथिला नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा बाल कल्याणकारी अधिकार की मिलन देवी श्रिवास्तव, मिथिला नगरपालिका–७ का वाडा अध्यक्ष रामबहादुर स्याङदान, महेन्द्र माध्यमिक विद्यालयका प्राधानाध्यापक रामकुमार महतो, मनोविमर्शकर्ता विना कडारी लगायत शिक्षक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
मिथिला नगर बाल संजालका अध्यक्ष दिपेश कुमार सिंहको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आथित्यमा नगरस्तरीय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सन्तोषकुमार यादब
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…