रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवस मूल आयोजक समितिको आयोजना, मन्थली नगरपालिकाको व्यवस्थापन तथा इन्सेक लगायतका विभिन्न नागरिक संस्थाहरू, शिक्षण संस्था, विभिन्न धार्मिक तथा पेसागत संस्थाहरू, व्यावसायिक संस्थाहरूको समन्वय तथा सहकार्यमा मन्थली माविको गेटबाट निस्किएको र्याली तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा विभिन्न जाती, धर्म र संस्कृति झल्कने पोसाक तथा झाँकी समेत प्रदर्शन गरिएको थियो । र्यालीमा राजनीतिक दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पेसाकर्मी, विद्यार्थी, नागरिक संस्थाका प्रतिनिधिहरू, अधिकारकर्मी सामाजिक अगुवाका साथै सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो ।
र्यालीपछि तीनलाल पार्कमा आयोजित कार्यक्रम प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँ, तारानारायण श्रेष्ठ, आनन्द श्रेष्ठ लगायतका जनप्रतिनिधिले नेपालको संविधानको विशेषताको बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागी भई संविधान दिवसको कार्यक्रम सफल बनाइदिएकोमा प्रमुख जिल्ला अधिकारी निरौलाले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
नवराज घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
जिल्लाको मानव अधिकार अवस्था सन्तोषजनक छैन : न्यायाधीस डा. थपलिया
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा १० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जिल्लाको मानव अधिकार अवस्था विषयमा ०८० मङ्सिर २३ गते छलफल कार्यक्रम गरिएको छ । इन्सेक, मानव अधिकार…
सङ्क्रमणकालीन न्यायको मुद्दामा सरकार गम्भीर छ : मन्त्री जिसी
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले सङ्क्रमणकालीन न्यायका विषयमा कर्णाली सरकार गम्भीर रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा इन्सेक लगायतका गैरसरकारी संस्थाहरुको…
बाल विवाहसम्बन्धी सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४ स्थित श्री पशुपति माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर २१ गते बाल विवाहसम्बन्धी सडक नाटक…
ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक छः पूर्व मन्त्री श्रेष्ठ
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठले ग्रामीण क्षेत्रमा पनि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना,…
स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मादी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशद्वारा गठित मानवअधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । कार्यक्रममा मादी गाउँपालिका– ४…