राज्यले भूकम्प पीडितलाई झुक्याएको नागरिकहरूको आरोप
राज्यले भूकम्प पीडितलाई राहातको नाममा झुक्याउने गरेको रामेछापको भटौलीका सर्वसाधारणले एक कार्यक्रममा आरोप लगाएका छन् ।
मन्थली नगरपालिका-१३ भटौलीको ठेडीखोलामा अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक)ले भदौ ९ गते अयोजना गरेको भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागिहरूले यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै मन्थली नपा-१३ का वडा नागरिक मञ्चका संयोजक सुदर्शन प्रर्साईँले सरकारले भूकम्प पीडितहरूको लागि उपलब्ध गराउने भनेको रकम उपलब्ध नगराएको कारण पुनर्निर्माणको कुनै पनि काम अघि नबढेको आरोप लगाए । उनले नागरिकका समस्या अहिले पनि जस्ताको तस्तै भएको बताए ।
नेपाली काँग्रेका प्रतिनिधि भूवनहरि प्रर्साईँले राज्यले प्रक्रियाको नाममा नागरिकलाई अल्मल्याएर राखेको गुनासो गरे । उनले अहिले पनि कतिपय प्रभावितले राज्यको तर्फबाट कुनै सहयोग नपाएकोले गुनासो सुनुवाइ हुन्छ भन्ने कुरामा नागरिक विश्वस्त नरहेको बताए ।
एमालेका वडा प्रतिनिधि कमलबहादुर खड्काले घर बनाउने बेलामा ढुङ्गा र बालुवासमेत रोकेर राज्यले पीडितलाई थप पीडा दिएको बताए । नेकपा माओवादी केन्द्रका श्रीबहादुर माझीले राज्यले नागरिकको सोझोपनको फाइदा उठाएको आरोप लगाए । उनले विदेशीले दिएको रकमसमेत नेपाल सरकारले नागरिकको हातमा पुर्याउन नसकेको बताए ।
राप्रपा नेपालका नारायण खत्रीले भूकम्प गएको डेढवर्ष बित्दा पनि सरकारको सहयोग नआएकोले नगारिक निराश भएको बताए । राप्रपाका श्रीवंश कँडेलले नागरिकको अहिले पनि पाल मूनिको बास भएको बताउँदै त्यस्ता नागरिक ज्वरो र टाइफाइडबाट पीडित भएको बताए ।
मन्थली नगरपालिका वडा नं १३ र १४ का प्राविधिक मखौरे माझीले दुई ओटा वडामा कुल १ हजार १ सय ९७ ओटा भूकम्प पीडित परिचयपत्र बनेकामा निजी आवास निर्माणको लागि ९ सय २१ जनाको नाम प्रकाशित भएको बताए । त्यस मध्ये ९ सय जनसँग सम्झौता भएको उनले जनाकारी दिए । यसै गरी १ सय २५ जनाले आफ्नो नाम छुटेको गुनासो गरेको उनले जानकारी दिए । उनले अब १५ दिन भित्र सम्झौता गर्नेहरूको खातामा रकम आइपुग्ने पनि बताए ।
कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासङ्घ रामेछापका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले पीडितहरूलाई छुट मुल्यमा काठ उपलब्ध गराउन सामुदायिक वन उपभोक्ता महासङ्घले सहयोग गर्ने बताए ।
कार्यक्रममा ९४ जना पुरुष र २८ जना महिला गरी १ सय २२ जनाको सहभागिता रहेको थियो ।
सम्बन्धित इन्सेक गतिविधिहरू
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…
रामेछापमा संविधान दिवसको अवसरमा विविध कार्यक्रम
संविधान दिवसको अवसरमा ०८० असोज ३ गते रामेछापमा विविध कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते मन्थलीमा र्याली सहितको प्रवचन कार्यक्रम सम्पन्न भएको छ । संविधान…
मानव अधिकार रक्षकका लागि मनोसामाजिक तालिम
मानव अधिकार रक्षकका लागि मनोसामाजिक प्राथमिक उपचार विषयक पुनर्ताजगी तालिम सुर्खेतमा सुरु गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा असोज ३ गतेदेखि सञ्चालन भएको तालिमको उद्घाटन सत्रमा सामाजिक विकास मन्त्रालय…
राष्ट्रिय बाल दिवसमा प्रभातफेरी र हस्ताक्षर सङ्कलन
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा सप्तरीको शभ्भुनाथ र डाक्नेश्वरी नगरपालिकामा भदौ २९ गते प्रभातफेरी र हस्ताक्षर सङ्कलन अभियान सम्पन्न…