रत्नराज्य लक्ष्मी माविमा बाल अधिकार चेतना समूह गठन

  ०७९ असोज ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कपिलवस्तु नगरपालिका– १ स्थित श्री रत्नराज्य लक्ष्मी माविमा असोज २ गते बाल अधिकार चेतना समूहको  गठन गरिएको छ ।

विद्यार्थीहरू भेलाले आशिषकुमार रैदास अध्यक्षतामा  २५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरेको हो । उपाध्यक्ष रिमा वेल्दार , सचिव निलम धोवी , सह सचिव डिलिप तेली र कोषाध्यक्षमा मनोरमा कहार चयन भएका छन् । यस्तै सदस्यहरूमा सृजना चौधरी , प्रिया कहार , खुश्वु हलुवाई , सोनु कोरी , गौरी कहार , सरिता बढईलगायत  चयन भएका छन् ।

विद्यालयका शिक्षक रामशरन चौधरीलाई सङ्रक्षक शिक्षकमा  चयन गरिएको छ ।

कार्यक्रमका कपिलवस्तु नगरपालिका –१ का वडा अध्यक्ष मोहम्मद जाहिद खाँले बाल अधिकार चेतना समूहलाई संरक्षण, प्रवद्र्धन मानव अधिकार शिक्षा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरीले बाल बालिकाहरूलाई अगाडी बढाउनका लागि यस बिद्यालयलाई छनोट गरेकोमा इन्सेक , मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिनु भयो । चौधरीले बाल अधिकार मैत्री नीति तथा कानुन निर्माणमा सहयोग पुग्ने भएकोले कार्यक्रम स्वागत योग्य रहेको बताउनु भयो ।

इन्सेक जिल्ला सहजकर्ता  पार्वती आचार्यले कार्यक्रमको उद्देश्य तथा परियोजना सम्बन्धी जानकारी गराउनु भएको थियाे ।

photo2022092001kapilvastu

पार्वती आचार्य