यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक
विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ ।
इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र यो अवधिका मानव अधिकारका मुल मुद्दामा केन्द्रीत भइ काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता कपिल अर्यालले दण्डहीनता, कानुनको शासन, सङ्क्रमणकालीन न्याय, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलगायत मानव अधिकारका विविध सवालमा प्रतिवेदनको तयारी गरिएको बताउनु भयो ।
यसअघिका समीक्षाहरुमा प्राप्त सुझावहरुको कार्यान्वयनबारे अपडेटड अवस्था, चौथो चरणको समीक्षाको मूल प्रतिवेदनको खाका, प्रतिवेदनमा समावेश गरिनुपर्ने सवालका बारेमा अधिवक्ता अर्यालको प्रस्तुती थियो ।
चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा नेपालको समीक्षा हुनेछ । उक्त समीक्षामा नेपालको सम्पूर्ण मानव अधिकारको समीक्षाका साथै तेस्रो विश्वव्यापी आवधिक समीक्षापछि कार्यदलले दिएको सुझावहरूको कार्यान्वयनको अवस्थाका बारेमा पनि समीक्षा गरिनेछ ।
विश्वव्यापी समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रतिवेदनको मस्यौदा तयार गरिरहेको छ । नेपालको मानव अधिकारको अवस्थाका सन्दर्भमा यूपीआरमा सन् २०११, २०१५ र २०२१ मा संयुक्त राष्ट्रसङ्घमा समीक्षा भइसकेको छ ।
पार्वती साउद
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…