यातना विरूद्धको अधिकारसम्बन्धी अनुशिक्षण सम्पन्न
इन्सेक, कञ्चनपुर र मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा यातना विरूद्धको अधिकार सम्वन्धि अनुशिक्षण कार्यक्रमा मङ्सिर १ गते सम्पन्न भएको छ ।
नेपाल प्रहरीका कर्मचारीहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई यातनाविरूद्धको अधिकारका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका निमित्त निर्देशक दिपक ध्वजजङ्ग कार्की, मानव अधिकार अधिकृत पवन भट्ट र इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटले सहजीकरण गरेका थिए ।
अनुशिक्षण कार्यक्रममा मानव अधिकारको परिचय, मानव अधिकारको अवस्था, यातनाविरूद्धको अधिकारसम्बन्धी महासन्धि र मानव अधिकार संरक्षणमा प्रहरीको भूमिकालगायतका विषयहरूमा छलफल भएको थियो ।
अनुशिक्षण कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरू प्रहरी कर्मचारीहरू, मानव अधिकारकर्मीहरू र पत्रकार लगाएर ४५ जनाको सहभागिता रहेको थियो ।
कोमलनिरञ्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…