मोरङमा मानव अधिकार उलङघनका १ सय २४ घटना
मोरङमा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि समेटिएको घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा १ सय २४ ओटा घटना सार्वजनिक गरिएको छ ।
पुस १२ गते विराटनगरमा आयोजित कार्यक्रममा वर्षपुस्तकका लागि १ जनवरी २०१७ देखि डिसेम्बर महिनासम्म समेटिएका घटनाहरूको समीक्षा गरिएको हो ।
सो अवधिमा मोरङमा १ सय २४ ओटा घटना अभिलेख गरिएकोमा १ सय ३० जना पीडित भएको इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईले बताइन् । जसमा सबैभन्दा बढी बलात्कारका घटना ५६ ओटा, बलात्कार प्रयासका २१ ओटा, घरेलु हिंसा २१ ओटा र बहुविवाहका १३ ओटा रहेका छन् ।
त्यसैगरी कुटपिटका तीन, हत्याका चार, मानव बेचबिखनका दुई, दुर्व्यवहार एउटा घटना अभिलेख भएको छ । बलात्कारका ५६ घटनामा, ४३ जना बालबालिका र १३ जना महिला, त्यसैगरी बलात्कार प्रयासका २१ घटनामा आठ जना बालिका र १३ जना महिला रहेका छन् ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले अहिले घरेलु हिंसा, बलात्कार जतिकै जटिल रूपमा बालविवाह देखिएको भन्दै यसको न्यूनीकरणका लागि लाग्न आवश्यक भएको बताए । सो अवसरमा जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले महिला विरूद्ध हुने हिंसाका घटना सूचनाका कारण धेरै आउन थाले पनि घरेलु हिंसामा भने कारबाही गर्न नसकेको बताइन् ।
मोरङमा बालिका बलात्कारका घटना धेरै भएको तथ्याङ्कले देखाएकोले यसका लागि सबै सरोकारवालाहरूले सचेतना फैलाउन जरूरी रहेको बताइन् । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरकी प्रमुख मञ्जु खतिवडाले हिंसा पीडित महिलाहरूले आर्थिक र भौतिक सुरक्षाका कारण कारबाहीको लागि खुलेर आउन नसकेको बताइन् ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले पीडितलाई न्याय दिने र पिडकलाई कारबाही गर्न र हाम्रो समाज कता जाँदैछ भनेर चित्रण गर्न वर्षपुस्तकले मद्धत गर्ने बताए ।
अनलाइन डेस्क
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार र बाल अधिकारका विषयमा सामाजिक मन्त्रीलाई ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहले ०८१ मङ्सिर १८ गते कर्णाली प्रदेश सरकारका सामाजिक विकास…
प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत गठित प्रदेश स्तरीय मानव अधिकार समूहको बैठक ०८१ मङ्सिर १७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकाको न्यायका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १८ गते पीडितकी आमालाई आर्थिक सहयोग प्रदान गरेको छ । चुरे गाउँपालिकाकी १३ वर्षीया पीडित बालिकालाई न्यायिक…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका…
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन
घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक…