मुक्त कमैया पीडितहरूसँग जग्गाको नामसारी विषयमा छलफल सम्पन्न
इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८१ माघ १५ गते मुक्त कमैया पीडितहरूसँग जग्गाको नामसारी विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल सम्पन्न गरेको छ ।
उक्त छलफलमा कोहलपुर नगरपालिका-२ मुक्तीनगर र बैजनाथ गाउँपालिका-५ निमनगर, छमनिया, भज्यागौरी र लोकनगरका मुक्त कमैया पीडितहरूले आफ्नो जग्गाको नामसारी गर्न नपाएको भन्दै समस्याको समाधान गर्न इन्सेकसमक्ष आग्रह गरेका थिए । मुक्त कमैया पीडितहरू २०५७ सालमा सरकारबाट पाएको जग्गा १० वर्षसम्म नामसारी गर्न नपाउने भनेर उल्लेख गरेको र २४ वर्ष भइसक्दा पनि नामसारी एवम् किनबेच गर्नसमेत नपाएको भन्दै कानुनी प्रक्रियामा जान इन्सेकसमक्ष आग्रह गरेका हुन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, बाँकेका संयोजक भोला महतले ४ सय घरधुरीको व्यक्तिगत फाइल बनाएर पिआइएल कानुन व्यवसायी समूह, अधिवक्ता बसन्त गौतम, अधिवक्ता विकाश आचार्य, अधिवक्ता बलबहादुर चन्द र अधिवक्ता केवल सिंह थारुलाई बझाएको बताउनु भयो ।
आफूहरू पढ्न र लेख्न नजाने पनि छोरा छोरीहरू अलिअलि पढन लेख्न भएपछि जग्गा जीवनपयोगी बनाउन सके केही गर्न सकिने मुक्त कमैया पीडितहरूको भनाइ छ । मुक्त कमैया पीडितहरूले आफूसँगै ल्याएको फाइलहरू अधिकारकर्मीहरूलाई बुझाउँदै कानुनी सहयोग गर्न आग्रह गरेका थिए । उक्त जग्गा नामसारी गराउन वा अन्य काममा प्रयोग गर्न मालपोत कार्यालयमा पटक पटक धाएको तर केही नभएपछि अधिकारको खोजीमा मुक्त कमैया पीडितहरू सङ्गठित भइ लाग्न थालेका छन् ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…