मिथिला नपामा १५ सदस्यीय मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजना तथा मिथिला नगरपालिको समन्वयमा मङ्सिर १९ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाअन्तर्गत सिताराम महतोको अध्यक्षतामा १५ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

समूहको उपाध्यक्षमा सुनिता महतो, सचिवमा नन्दकुमार महतो, सहसचिवमा रामचन्द्र महतो र कोषाध्यक्षमा रिता योञ्जनलाई सर्वसम्मतद्वारा चयन गरिएको छ ।

समूहको सदस्यहरुमा कल्पना गजमेर, रामपुकार महतो, रामकुमार पूर्वे, अनिता परियार, भरतराज खड्का, फूलमाया सुनार, राखादेवी ठाकुर, सुनिता लोहनी, रमिता देवी महतो र रेखादेवी महरालाई चयन गरिएको छ ।

समुहको संरक्षणकर्ताको रुपमा मिथिलानगरपालिकाका प्रमुख (मेयर) हरिनायण महतो र उपप्रमुख तारा लामा बस्नेतलाई चयन गरिएको छ ।

समूह गठन पश्चात समूहका अध्यक्ष सिताराम महतोले आफ्नो समाजलाई शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायतका क्षेत्रमा देखिएको समस्या र चुनौती बारेमा नगरका सम्बन्धित सरोकारवालासँग समन्वय गरी समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले नगरभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा रहेका समस्याहरूलाई केलाएर नगरपालिकासँग समन्वय गर्दै समाधानको प्रयासमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय सरकारसँग भएको अधिकार र उपलब्ध साधन स्रोतले सकेसम्म आफूहरुले समेत समूहका पदाधिकारी तथा सदस्यहरूलाई क्षमता अभिवृद्धिको लागि पहल गर्ने बताउनुभयो ।

Photo20191205Dhanusha (1)

Photo20191205Dhanusha (2)

Photo20191205Dhanusha (3)

दिपेन्द्रप्रसाद सिंह