मिथिलाका मानवअधिकार समुह र सरोकारवालालाई दुई दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र मिथिला नगरपालिकाको समन्वयमा मानव अधिकार समुहका सदस्य र सरोकारवालाहरूको लागि पुस २९ र ३० गते दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
तालिममा मानवअधिकार समुहका पदाधिकारी तथा सदस्य, मिथिला नगरपालिकाका बाल संजालका पदाधिकारी, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका शाखा प्रमुख, वडाध्यक्ष, मेयर र उपमेयरलगायतको सहभागिता रहेको थियो । मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले इन्सेकले धनुषाको १८ पालिकामध्ये मिथिला नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम लागु गरेकोले धन्यवाद दिदै नगरपालिकाले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले मानवले आफनो अधिकारको नाममा अरुको अधिकार हनन् गर्न नहुने बताउँदै उहाँले प्रत्येक व्यक्तिले आ आफनो तर्फबाट मानवअधिकारको रक्षार्थका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाभित्रका युवाहरु दुर्व्यसनी र लागु पदार्थ सेवनमा फसेकाले त्यसलाई रोक्न र युवालाई जागरुक गराउने र मानवअधिकारको सवालमा कार्यक्रमको खाका तयार गरि इन्सेकले ल्याएको खण्डमा नगरपालिकाले समेत लगानी गर्ने बताउनुभयो ।
मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुढाथोकीले मानवअधिकारको रक्षार्थ हामी सवै आफूबाटै सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरणलगायतको सवालमा सचेत रहेको बताउनुभयो । शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित गर्ने सङ्किर्ण विचार विरुद्ध चौतर्फी दवाव आवश्यक रहेको उहाँले बताउनु भयो । शिक्षा आर्जनमा जोड दिनुपर्ने बताउँदै उहाँले शिक्षाको स्तर बढाउन सकेको खण्डमा चेतना स्तरमा समेत बृद्धि हुने बताउनुभयो ।
मधेस प्रदेश संयोजक राजु पासवानले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इन्सेक हातेमालो गर्न, समन्वय र सहकार्य गरेर समाधान पहिल्याउन तत्पर रहेको बताउनु भयो । दुई दिने तालिममा मधेस प्रदेश संयोजक पासवानले इन्सेकको परिचय, मानव अधिकारको विकास अवधारणा, समाजमा भएको हानिकारक मान्यता, महिलाविरुद्धका हिंसाका घटनामा कानुनी प्रावधानलगायतका विषयमा प्रशिक्षण दिनु भयो ।
इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले मानव अधिकार समुहको काम, कर्तव्य र अधिकार, शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्धको अधिकारका विषयमा प्रशिक्षण दिनु भयो ।
मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता काफलेले नगरपालिकालाई साक्षर पालिका घोषणा गराउने प्रयास भई रहेको बताउनभयो । नगरपालिकाबाट विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन वा उमेर बढी भएकाले विशेष कार्यक्रममार्फत साक्षर बनाउँदै पालिकालाई चाँडै पूर्ण साक्षर पालिकाको लागि प्रयास भई रहेको बताउनुभयो ।
वडाध्यक्ष सविन विक्रम थापाले इन्सेकले मिथिला नगरपालिकामा मानवअधिकार शिक्षा कार्यक्रम संचालन गरेर यहाँका शिक्षा, स्वास्थ्य, वातावरण र विभेदलगायतको सवालमा कार्यक्रम गरि रहँदा यसबाट पालिकावासी नै लाभान्वित हुने भएकोले खुशी व्यक्त गर्नुभयो । उहाँले वडास्तरमा समेत मानवअधिकारको कार्यक्रम लागु गर्न र गराउन नगरपालिका र वडाबाट हुने साथ र सहयोगको लागि आफू सदैव तत्पर रहेको बताउनुभयो ।
मानव अधिकार समुहका अध्यक्ष मोहन कुमार महतोले शिक्षा क्षेत्रबाट आफनो टिमले सुरुवात गर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा देखिएको व्यथिती र समस्याबारे स्थलगत विद्यालय अनुगमन गर्न ९ सदस्य कमिटी बनाएको बताउनुभयो । दुई दिने तालिममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, मानव अधिकार समुहका पदाधिकारीहरूको सहभागिता भएको कार्यक्रम सहजकर्ता अनिता यादवले बताउनुभयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…